पोखराका नगरप्रमुख आचार्य आइसोलेसनमा

लेखनाथ, फागुन ९ गते । पोखरा महानगरपालिका नगरप्रमुख धनराज आचार्य बिहीबारबाट आइसोलेसनमा बस्नुभएको छ ।फागुन ३ गते पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा भएको बेलुन विस्फोटमा घाइते हुनुभएकोमा आचार्य चिकित्सकको सल्लाहमा आइसोलेसनमा बस्नुभएको हो ।

__________ बिज्ञापन____________

 

बिहीबार कीर्तिपुर अस्पतालबाट डिस्चार्ज हुनुभएका उहाँले यो अवधिमा भेटघाट र बोलचाल नगर्न चिकित्सकले सुझाएको उल्लेख गर्नुभएको छ । फेसबुकमा उहाँले लेख्नुभएको छ, “म हिजो अस्पतालबाट डिस्चार्ज भएर अहिले आइसोलेसनमा छु । डाक्टरको सल्लाह अनुसार केही समय भेटघाट नगर्ने र नबोल्ने सिफारिस भएकाले फोन उठाउन सकेको छैन ।”

यसैबिच, बेलुनमा हाइड्रोजन ग्यास भरेर बेचेको आरोपमा पक्राउ पर्नुभएका भारतीय नागरिक कमलेश कुमार दैनिक हाजिरी गर्ने शर्तमा बिहीबार हिरासत मुक्त हुनुभएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले उहाँलाई दैनिक हाजिरीमा छाड्न बिहीबार आदेश दिएको थियो ।

३ फागुनमा पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहका लागि ल्याइएको बेलुन कमलेशले नै बेच्नुभएको थियो । उडाउने क्रममा स्पार्किङ मेसिनबाट झिल्को लाग्दा बेलुन विस्फोट भएको थियो । त्यही दिन पक्राउ पर्नुभएका कमलेश हिरासतमुक्त भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयो ।

“उहाँ दैनिक हाजिरी गर्न आउने शर्तमा हिरासत मुक्त हुनुभएको छ,” लम्सालले भन्नुभयो, “छानबिन समितिले काम गरिरहेको छ ।” हाइड्रोजन ग्यास भरिएका ती बेलुन विस्फोट हुँदा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते बन्नुभएको थियो ।

उहाँहरु दुवै जना कीर्तिपुर अस्पतालबाट उपचारपछि डिस्चार्ज भइसक्नुभएको छ । घटनाको छानबिन गर्न गृह मन्त्रालयले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास