धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी

धादिङ – प्रतिनिधि सभा सदस्यका लागि धादिङ क्षेत्र नं.१ बाट स्वतन्त्र उम्मेदवारी दिएका निरन्जन संजेलले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

__________ बिज्ञापन____________

बुधबार धुनीबेशी नगरपालिका – १, भन्ज्याङ पोखरीमा आयोजित नेकपाको चुनावी सभालाई सम्बोधन गर्दै संजेलले औपचारिक रूपमा आफ्नो उम्मेदवारी फिर्ता ९निष्क्रिय० भएको घोषणा गरेका हुन् । साथै उम्मेदवार पाण्डे र संजेलबीच आपसी सहमति पत्रमा हस्ताक्षर समेत भएको छ ।

कार्यक्रममा बोल्दै संजेलले भने ‘राजेन्द्र प्रसाद पाण्डे धादिङको विकासप्रेमी नेता मात्र नभई सिंगो देशकै एक अभिभावक हुनुहुन्छ । धादिङको सर्वाङ्गीण विकासका लागि उहाँको विजय अपरिहार्य रहेकाले मैले उम्मेदवारी निष्क्रिय पारी उहाँलाई समर्थन गर्ने निर्णय गरेको हुँ।’

यसअघि मंगलबार साँझ नै सामाजिक सञ्जालमार्फत पाण्डेलाई समर्थन गर्ने घोषणा गरेका संजेलले आजको हस्ताक्षरसँगै चुनावी मैदानमा पाण्डेलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्घता जनाएका छन् ।

संजेलको यो समर्थनले धादिङ क्षेत्र नं.१ मा पाण्डेको पक्षमा चुनावी माहोल बलियो बनेको विश्लेषण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

संजय श्रेष्ठको नेतृत्वमा गल्छी गाउँपालिका बजार व्यवस्थापन
दोलखा जिल्लामा अन्तराष्ट्रिय बुद्धिचाल खेल हुने 
सामाजिक उत्तरदायित्व अन्तर्गत आरम्भ चौतारीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङमा पतञ्जली योग समितिको जिल्ला सम्मेलन तथा चौथो अधिवेशन हुँदै
क्षितिज भण्डारी र कृतिसरा अधिकारी राष्ट्रिय चेस विजेता
तीन बुद्धिचाल खेलाडी संयुक्त शीर्ष स्थानमा
बैशाख १६ गते रापिड तथा ब्लिट्ज राष्ट्रिय चेस च्याम्पियनसिप हुने
गल्छी कप राष्ट्रिय रापिड चेस रुपेशले जिते 
ताजा खबर