अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगितामा पुरुषोत्तम सिलवालको अग्रता

काठमाण्डौ २०८१ फाल्गुण १६। माउन्ट एभरेस्ट चेस एण्ड सोसियल क्लबको आयोजनामा संचालित गोकर्णेश्वर मेयर कप अन्तराष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगितामा ५ अंकका साथ युवा खेलाडी पुरुषोत्तम सिलवालको अग्रता रहेको छ।

__________ बिज्ञापन____________

 

आज भएको छैठौं राउण्डको खेल समाप्ति सगैं समान ५ अंकका साथ हेटौंडाका कृष्ण थापा, दोलखाका राजीव कार्की, ललितपुरका सजिन महर्जन पनि उपाधि चुम्ने होडमा छन् भने भारतका आसुतोष, ईक्वाल र अर्मान पनि पछि पछि आईरहेका छन् ।

 

ललितपुरका क्याण्डिडेट मास्टर सजिन महर्जनले भारतका १८५२ रेटिङ्गका खेलाडि प्रखर त्रिपाठीलाई हराई महत्वपूर्ण १ अंक जोड्न सफल भए भने आयोजक माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लवका खेलाडी क्याण्डिडेट मास्टर पुरुषोतम चौलागाईले १८३७ रेटिङ्गका खेलाडि मार्सल एच.सि. संग वरावर खेली अंक बाडेका थिए।

 

गोकर्णेश्वर नगरपालिकाको प्रायोजनमा संचालित बुद्धिचाल प्रतियोगितामा ४.५ अंक सहित मकवानपुरका फिडे मास्टर क्षितिज भण्डारी, आयोजकका पुरुषोत्तम चौलागाई र काभ्रेका खेलाडि मार्सल एच.सि. ले पछ्याई रहेका छन् ।

गोकर्णेश्वर स्थित बौद्ध अन्तराष्ट्रिय विद्यालयमा फाल्गुण १४ गते सुरु भ‌एर १८ गते सम्म चल्ने प्रतियोगितामा ७ जना भारतीय खेलाडी सहित कुल ९४ जना खेलाडीहरू सहभागी छन् प्रतियाेगिता स्विज लिग अन्तर्गत ९ राउण्ड सम्म चल्ने प्रमुख निर्णायक ज्ञानेन्द्र खाईजुले बताउनु भयो।

 

प्रथम पुरस्कार रू ५१००० सहित कुल दुई लाख पुरस्कार राशी भएको गोकर्णेश्वर मेयर कप बुद्धिचाल प्रतियोगितामा कुल ३१ खेलाडीहरु पुरस्कृत हुने आयोजक माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लवका अध्यक्ष मोहन कार्कीले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते
दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 
धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
ललितपुरका सोम आले उपाधि होडमा 
बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते
धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन
नेपाली खेलाडी चेस उपाधिवाट चुके 
पोखरामा ३ दिने विन्टर चेस क्याम्प सफलतापूर्वक सम्पन्न
ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन