पत्रकार रौनियार प्रशंसा निशान द्वारा सम्मानित

नेपाली सेनाको २६२औं सेना दिवसको अवसरमा संचारकर्मी विकास रौनियारलाई प्रधानसेनापति प्रशंसा निशान (COAS of Commendation Badge) प्रदान गरिएको छ । नेपाली सेनाको वार्षिकोत्सवको अवसरमा सैनिक मञ्ज टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति सिग्देलले रौनियारलाई प्रशंसा निशान प्रदान गरेका हुन्।

__________ बिज्ञापन____________

पत्रकारिता मार्फत नेपाली सेनाको योगदान र प्रतिष्ठालाई नेपाली जनतामाझ पुऱ्याएको उल्लेखनीय भूमिकाको कदर गर्दै रौनियारलाई प्रशंसा निशान प्रदान गरिएको नेपाली सेनाले जनाएको छ।

कार्यक्रममा प्रधानसेनापति सिग्देलले सेनाको पेशागत क्षमता, अनुशासन र राष्ट्रिय सेवामा सेनाले निर्वाह गर्दै आएको भूमिकाको चर्चा गर्दै पत्रकार र सञ्चारमाध्यमहरूले पनि राष्ट्रिय सुरक्षामा महत्वपूर्ण योगदान पुऱ्याएको बताए ।

सेना दिवसको अवसरमा टुँडिखेलमा विभिन्न सैन्य प्रदर्शन, मार्चपास, सांस्कृतिक कार्यक्रम र नेपाली सेनाको विविध कार्यहरुको अवलोकन गराइएको थियो । कार्यक्रममा सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, विदेशी कूटनीतिज्ञहरू, पत्रकारहरू र सर्वसाधारणहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

पूर्वप्रधानमन्त्री ओली हाजिरी जमानीमा रिहा
तेश्रो राष्ट्रिय रापिड तथा दोश्रो ब्लिट्ज चेस बैशाखमा हुने
दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
ताजा खबर