अन्तराष्ट्रिय बुद्धिचाल खेलमा नेपालका युवा खेलाडी सिलवाल विजयी

१८ फाल्गुण, काठमाडौं ।

__________ बिज्ञापन____________

माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लबको आयोजनामा फाल्गुण १४ देखि शुरु भएको गोकर्णेश्वर नगर मेयर कप खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता एवं नि:शुल्क आँखा शिबिर कार्यक्रम आज सम्पन्न भएको छ।

गोकर्णेश्वर नगरपालिकाको प्रायोजनमा पाँच दिन सम्म चलेको चेस प्रतिस्पर्धामा नेपालका उदीयमान युवा खेलाडी पुरुषोत्तम सिलवालले अपराजित रहँदै उपाधि उचालेका छन्। पुरुषोत्तमले ९ चरणको क्लासिकल खेल वाट ७ जीत २ बराबरी नतिजा निकाल्दै एकल ८ अंक जोडेर च्याम्पियन भएका छन्।

गत महिना सम्पन्न २५ औं राष्ट्रिय खेल मार्फत नेपाल दोश्रो भएका १९३७ रेटेड पुरुषोत्तमले अन्तिम तिन चरणको खेलमा क्रमशः भारतीय खेलाडी माथि हाबि हुँदै प्रथम स्थान प्राप्त गरेका छन्।

१९ वर्षीय युवा पुरुषोत्तमले २१५८ रेटिङ पर्फोम गर्दै उपाधि जित्ने क्रममा आफ्नो ब्यक्तिगत ८८ फिडे रेटिङ्ग समेत बढाउन सफल बनेका छन्। उनले नगद रू. ५१ हजार सहित गोल्डमेडल र आकर्षक ट्रफि हात पारे।

गोकर्णेश्वर नगरपालिका वडा नं. ८ स्थित बौद्ध इन्टरनेशनल स्कूलको सभाहलमा चलेको अन्तिम खेल पश्चात् २०७० रेटेड खेलाडी एफएम क्षितिज भण्डारीले ७ अंक  प्रोग्रेसिभ ४८ प्वाइन्टका आधारमा दोश्रो स्थान कब्जा जमाएका छन्। उनले नगद रु.२५ हजार र शिल्भर मेडल प्राप्त गरेका छन्।

यस्तै भारतका १७१८ रेटेड खेलाडी मज इकबाल समान ७ अंकमा प्रोग्रेसिभ ४७ प्वाइन्ट जोडेर तेस्रो हुन पुगेका छन्। उनले नगद रू. १६ हजार र ब्रञ्ज मेडल प्राप्त गरे। नेपालका १९६५ रेटड सिएम सजिन महर्जनले चौथो हुँदै नगद ८ हजार जितेका छन्।

समान ७ अंकमा १८७३ रेटेड राजन पुरीले पाँचौ हुँदै नगद रु. ६ हजार पाए भने भारतका १८७१ रेटेड आशुतोष कुमारले ६.५ अंक प्रोग्रेसिभ ४६.५ प्वाइन्टमा छैटौं हुँदै नगद रु. ५ हजार पुरस्कार ग्रहण गरेका छन्।

यसैगरी सातौं स्थान देखि बाह्रौ स्थानमा रहि जनही नगद रु. ४-४ हजार प्राप्त गर्ने खेलाडी क्रमशः भारतका आभाष कुमार श्रीवास्तव, नेपालका कृष्ण थापा, भारतका अर्मान सिद्दकि, प्रखर त्रिपाठी, सुरोज महर्जन र आशिष् फूँयाल रहेका छन्।

प्रतियोगिता अन्तर्गत विधागत पहिलो र दोश्रो पुरस्कार प्राप्त गर्ने उत्कृष्ट महिलामा नेपाल वोमन च्याम्पियन सिन्दिरा जोशी र भारतका प्रकाश वैष्णवी, उत्कृष्ट सिनियर खेलाडी राजेन्द्रप्रसाद श्रेष्ठ, स्थानीय सुमन मोक्तान, उत्कृष्ट अनरेटेड प्रयास कोइराला र अंकित पौडेल, ईलो १८ सय मुनि सुशील सुवेदी र कविन्द्र सिवाकोटी रहेका छन्।

यसरी नै ईलो १६ सय मुनि भारतका साहिद हुसेन र कविर केसि, उत्कृष्ट विद्यार्थी आदित्य गजुरेल, अग्रिम शैंजु र आयुष भण्डारी, उत्कृष्ट स्थानीय विद्यार्थीमा ससरज राउत, प्रिसियस् अधिकार र संस्कृति गवुरुल, उत्कृष्ट युवा १२ बर्षमा हार्दिक पन्त, रिजोन केसि र अग्रता आचार्य रहेका छन्।

यसैबीच क्लबका अध्यक्ष मोहन कार्कीको सभापतित्वमा सम्पन्न समापन समारोहमा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले विजेता खेलाडीलाई पुरस्कार वितरण गरेका छन्।

कार्यक्रममा मेयर दिपक कुमार रिसालले बौद्धिक बुद्धिचाल खेल सबै उमेरकालाई उपयुक्त हुने भएकोले नगरपालिका यसको प्रायोजक बनिरहने बताएका छन्।

नेपालका अन्तर्राष्ट्रिय फिडे निर्णायक ज्ञानेन्द्र खाइजूले परिणाम घोषणा गरेका थिए भने काठमाडौंका मेरिडियन स्कूलका प्रधान अध्यापक हरी लामा, नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख वीरबहादुर खड्का, महासंघ उपमहासचिव मोनालिसा खम्बू लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते
दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 
धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
ललितपुरका सोम आले उपाधि होडमा 
बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते
धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन
नेपाली खेलाडी चेस उपाधिवाट चुके 
पोखरामा ३ दिने विन्टर चेस क्याम्प सफलतापूर्वक सम्पन्न
ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन