गल्छीका तिनओटा वडा बालमैत्री वडा घोषणाको तयारीमा

धादिङ । चारवर्षदेखिको बालमैत्री स्थानीय शाशन तयारीका कार्यक्रम संचालन गरि नितिगत, संस्थागत र कार्यक्रमगत योजनाहरु लागु गरेको गल्छी गाउँपालिकाका तिनवटा वडाहरु जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा हुने भएका छन् ।

__________ बिज्ञापन____________

गल्छी गाउँपालिका वडा नम्बर ७, १ र २ मा जिल्ला अनुगमन समितिले बालक्लबको प्रतिनिधि सहित स्थलगत अनुगमन गरेको थियो । अनुगमनको आधारमा भएको समिक्षा बैठकले बालमैत्री वडा घोषाको लागि जिल्ला समन्वय समितिलाई सिफारिस गरिएको छ ।

बालमैत्री शासन जिल्ला अनुगमन समितिको बुधबारको बैठकले वडाहरुमा गरिएको अनुगमनमा देखिएका र भएका गतिविधिको समिक्षा गर्दै सुझाव सहित जिल्ला समन्वय समितिलाई बालमैत्री स्थानीय शाशनका लागि बालमैत्री वडा घोषणा गर्न सिफारिस गरेको जिल्ला समन्वय समितिका कार्यालय प्रमुख राम आश्रय यादवले जानकार दिनुभयो ।

नेपाल सरकारले तोकेका बाल संरक्षण, बाल विकास, बाल संरक्षण र बाल सहभागिता तथा संस्थागत तथा नितिगत सुधार समेत गरि ५१ ओटा सूचककोमा रहेर वडाहरुमा जिल्ला अनुगमन समितिले अनुगमन गरेको थियो ।

बालमैत्री स्थानीय शासन पूर्ण रुपमा लागु भएपछि विकासमा आधारभुत विषयहरु निति योजना र कार्यक्रम कायान्वयन भएको अवस्थामा पुगेको हुने छ भने बालबालिकाको सबै किसिमको निति निर्माण तहमा निर्णायक रुपमा सहभागिता समेत हुने व्यवस्था रहेको छ ।

– सीताराम अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

अन्तर्राष्ट्रिय चेसमा निहाना श्रेष्ठलाई रजत पदक
पूर्वप्रधानमन्त्री ओली हाजिरी जमानीमा रिहा
तेश्रो राष्ट्रिय रापिड तथा दोश्रो ब्लिट्ज चेस बैशाखमा हुने
दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
ताजा खबर