धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

धादिङ, गल्छी । धादिङ जिल्लाको गल्छी गाउँपालिका वडा नम्बर १ औपचारिक रूपमा पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। बुधबार विशेष समारोहको आयोजना गर्दै वडालाई बालमैत्री घोषणा गरिएको हो।

__________ बिज्ञापन____________

 

वडा अध्यक्ष यदुकुमार खतिवडाका अनुसार, पछिल्लो तीन वर्षदेखि गल्छी गाउँपालिकाले बालमैत्री शासन अन्तर्गत पूर्व तयारी गर्दै गुरु योजना बनाई विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो। यसै कारण वडा नम्बर १ बालमैत्री शासनयुक्त वडा बन्न सफल भएको हो।

बालमैत्री वडाको उद्घाटन समारोहमा जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारीले वडाको उपलब्धिलाई गौरवपूर्ण क्षण भन्दै अन्य वडाहरू र पालिकाहरूका लागि प्रेरणादायी उदाहरण भएको बताए। उनले बालमैत्री वडा बन्नु समग्र विकासको सूचक भएको उल्लेख गरे।

गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले बालबालिकाको उज्ज्वल भविष्यका लागि गाउँपालिकाले दीर्घकालीन रणनीति तयार गरी बालमैत्री वडाहरू निर्माण गर्दै आएको जानकारी दिए। उनका अनुसार, पालिकाले बाल संरक्षण, विकास, सहभागिता, संस्थागत संरचना सुदृढीकरणलगायत क्षेत्रमा विशेष लगानी गरेको छ।

बालमैत्री घोषणा प्रक्रिया अन्तर्गत जिल्ला अनुगमन समितिले स्थलगत अनुगमन गरी प्रतिवेदन पेश गरेको थियो, जसका आधारमा वडा घोषणा गरिएको हो। यस अवसरमा वडा कार्यालयदेखि मैदानसम्म बालबालिकाहरूले बालअधिकार सुनिश्चितताको नारा लगाउँदै र्याली निकालेका थिए।

समारोहमा गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले वडा नम्बर १ का अध्यक्ष यदुकुमार खतिवडालाई बालमैत्री स्थानीय शासनयुक्त वडाको प्रमाणपत्र प्रदान गरे। कार्यक्रममा उपस्थित सबै सहभागीहरूले बालअधिकारप्रति पूर्ण प्रतिबद्धता जनाउँदै सामूहिक हस्ताक्षर गरे।

विशेष समारोहमा गाउँपालिका उपाध्यक्ष भाइकाजी तिवारी, जिल्ला समन्वय अधिकारी राम आश्रय यादव, नेकपा एमालेका नेता राजकुमार रिमाल, नेकपा माओवादी केन्द्रका सीताराम खतिवडा, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सीताराम अधिकारी, गाउँपालिकाका पूर्व अध्यक्ष कृष्णहरी श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरे।

यो घोषणा संगै गल्छी गाउँपालिकाले बालमैत्री नीतिहरूलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

पूर्वप्रधानमन्त्री ओली हाजिरी जमानीमा रिहा
तेश्रो राष्ट्रिय रापिड तथा दोश्रो ब्लिट्ज चेस बैशाखमा हुने
दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
ताजा खबर

पूर्वप्रधानमन्त्री ओली हाजिरी जमानीमा रिहा

तेश्रो राष्ट्रिय रापिड तथा दोश्रो ब्लिट्ज चेस बैशाखमा हुने

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी