नुवाकोटमा २०८२ सालको सिन्दुरे जात्राको भव्य तयारी

 धार्मिक परम्परा र सांस्कृतिक पहिचानको गौरवशाली प्रदर्शन

नुवाकोट, बैशाख १ गते ऐतिहासिक र धार्मिक महत्त्व बोकेको सिन्दुरे जात्रा यस वर्ष पनि नुवाकोटमा अत्यन्त श्रद्धा, भव्यता र परम्परागत विधिअनुसार मनाइँदैछ। चाडपर्वको उल्लास र लोक आस्थाको समुच्चय बनेको यो जात्रा चैत्र शुक्ल नवमीदेखि सुरु भई बैशाख कृष्ण दशमीसम्म विविध धार्मिक विधि, पूजाआजा, देवगमन, बलि, स्यावाजी वितरण तथा भव्य सिन्दुरे जात्रासहित सम्पन्न हुँदैछ।

__________ बिज्ञापन____________

 

यस वर्षको जात्राको शुभारम्भ २०८१ चैत्र २४ गते आइतबार, रामनवमीको अवसरमा इन्द्रध्वज (लिङ्गो) नेपाली सेनाबाट तान्दै वर्षबन्धन जात्राको औपचारिक शुरुआतसँगै भयो। त्यसपछिका दिनहरूमा श्रीका धामी, धमीनी, गणेश, कुमार, गुरुज्यु तथा गुठीयारहरूको टोलीले विभिन्न पूजाआजा, देवि आमाहरूको निमन्त्रणा र बली विधिहरू सम्पन्न गर्दै परम्परागत देवगमन आरम्भ गर्यो।

चैत्र ३० गते पूर्णिमाको दिन, साततले दरवारमा सिन्दुर हाल्ने परम्परा सहितको धार्मिक समारोह सम्पन्न भयो, जुनपछि रथयात्रा देविघाटसम्म पुर्याइयो। सोही दिन राति श्रीका धामीद्वारा गरिएको राष्ट्रिय भविष्यवाणीले जात्राको धार्मिक महत्व झनै बढाएको छ।

सिन्दुरे जात्राको मुख्य दिन २०८२ बैशाख १ गते सोमबारका लागि तोकिएको छ। सो दिन विहान ठुनालबाट श्री भैरबी माईको रथ र अन्य देवगण साजबाजासहित धरमपानी हुँदै तुलजा भवानी मन्दिरतर्फ जात्रा गर्दै जाँदा, हजारौं भक्तजन सिन्दुरको रंगमा रङ्गिएका देखिनेछन्। रथयात्रा भैरबी मन्दिर परिसर दक्षिण ढोकामा पुगेर विधिपूर्वक सिन्दुर हाल्ने परम्परा पूरा गरिनेछ।

पछिल्ला दिनहरूमा स्यावाजी वितरण, बलि परम्परा, काठमाडौँस्थित कन्हेल चोकबाट भगवतीको आगमन, नागपानीमा जात्रा, लिङ्गो ढाल्ने कार्यहरू हुँदै बैशाख १० गते, तल्लो इन्द्रध्वज ढालेर यो वर्षको सिन्दुरे जात्रा तथा वर्षबन्धन जात्रा विधिपूर्वक समापन हुनेछ।

यस जात्राले नुवाकोटको समृद्ध सांस्कृतिक सम्पदा, धार्मिक आस्था र जनसमुदायको गहिरो सम्बन्धलाई झल्काउँछ। जात्राको प्रत्येक चरणमा सहभागिता जनाउँदै आएका स्थानीयवासी, सेना, गुठीयार, धामी–धमीनी लगायत सम्पूर्ण समुदायलाई विशेष धन्यवाद दिइएको छ।

 

नुवाकोटको इतिहास, परम्परा र पहिचानसँग जोडिएको यो जात्राले पर्यटकीय, सामाजिक र सांस्कृतिक दृष्टिले पनि ठूलो योगदान दिँदै आएको छ। यस्तो जात्राको संरक्षण र प्रवर्द्धनमा राज्य तथा स्थानीय तहको अझ बढी चासो आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास