धादिङमा १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वैशाख १३ देखि सुरु हुने

धादिङ, वैशाख १० – जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि वैशाख १३ गतेदेखि १५ गतेसम्म सदरमुकाम धादिङबेशीमा सञ्चालन हुने भएको छ।

__________ बिज्ञापन____________

खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले दिएको जानकारीअनुसार प्रतियोगिता यसअघि वैशाख ११ गतेदेखि सुरु गर्ने तयारी थियो। तर कक्षा १२ को परीक्षालाई ध्यानमा राखी प्रतियोगिता स्थगित गरिएको थियो। यद्यपि, शिक्षकहरूको आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले परीक्षा वैशाख २१ गतेदेखि सार्ने निर्णय गरेसँगै प्रतियोगिता वैशाख १३ गतेदेखि सुरु हुने गरी पुनः निर्धारण गरिएको अध्यक्ष तामाङले जानकारी दिनुभयो।

प्रतियोगितामा जिल्लाका १३ वटै पालिकाहरूलाई पत्राचार गरिसकिएको र गंगाजमुना गाउँपालिका बाहेक सबै पालिकाहरूले स्थानीय स्तरमा रनिङ शिल्ड सम्पन्न गरिसकेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रमेशमान तुलाधरले जानकारी दिनुभयो। तर, शिक्षक आन्दोलनको प्रभावका कारण कुन-कुन पालिकाले जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाउने भन्ने अझै एकिन नभएको अध्यक्ष तामाङले बताउनुभयो।

बागमती प्रदेश खेलकुद विकास परिषद्ले वैशाख १५ भित्र खेलाडी छनोट गरि पठाउन निर्देशन दिएपछि, प्रतियोगिता आकस्मिक रूपमा संचालन गर्न लागिएको हो। अध्यक्ष तामाङका अनुसार यसपटक उद्घाटन समारोह आयोजना गरिने छैन। प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूलाई प्रदेश स्तरीय प्रतियोगितामा सहभागी गराउन ट्रयाक सुट र खेल सामाग्री (किट) प्रदान गरिने छ।

गत वर्ष सम्पन्न भएको १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि नीलकण्ठ नगरपालिकाले जितेको थियो। यस वर्षको बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि यही वैशाख महिनाभित्र सञ्चालन हुने बागमती प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास