प्रजापतिको संयोजकत्वमा नेपाल बुद्धिचाल महासङ्घको प्राविधिक समिति गठन 

धादिङका घिमिरे प्राविधिक समितिको सदस्यमा चयन

काठमाडौं, वैशाख १० – नेपाल बुद्धिचाल महासङ्घले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूको प्रविधिक पक्ष थप व्यवस्थित गर्न तीन सदस्यीय प्राविधिक समिति गठन गरेको छ।

__________ बिज्ञापन____________

महासङ्घका अनुसार समितिको संयोजकमा अन्तर्राष्ट्रिय आर्बिटर (IA) निरञ्जन प्रजापति रहेका छन् भने सदस्यहरूमा फिडे आर्बिटर (FA) सन्दिप प्रसाद घिमिरे फिडे आर्बिटर (FA) सोराज ताम्राकार रहेका छन्।

समितिले निम्न मुख्य जिम्मेवारीहरू वहन गर्नेछ:

– बुद्धिचाल प्रतियोगिताहरूको नियमावली अध्ययन, संशोधन तथा सिफारिस गर्नु,

– निर्णायकहरूको छनोट, तालिम तथा मूल्याङ्कन प्रक्रिया सञ्चालन गर्नु,

– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलहरूमा प्रयोग हुने डिजिटल उपकरण तथा सफ्टवेयरहरूको व्यवस्थापन र अनुगमन गर्नु,

– खेलहरू निष्पक्ष, पारदर्शी र प्रविधि-मैत्री बनाउन आवश्यक प्रविधिक मार्गदर्शन तथा सल्लाह प्रदान गर्नु,

– निर्णायकहरूको दक्षता अभिवृद्धिका लागि तालिम र कार्यशालाहरू आयोजना गर्नु,

– प्रविधिसँग सम्बन्धित समस्या समाधान गर्न तात्कालिक र दीर्घकालीन रणनीति निर्माण गर्नु।

नेपाल बुद्धिचाल महासङ्घले खेलको गुणस्तर, व्यावसायिकता र अन्तर्राष्ट्रिय मान्यता अभिवृद्धि गर्ने उद्देश्यले प्राविधिक पक्षलाई सुदृढ बनाउन समिति गठन गरिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर