चुरोट र रक्सीको मूल्य तीनगुणा बढाउने प्रस्ताव : स्वास्थ्य मन्त्री पौडेल

स्वास्थ्य बीमा बचाउन विकल्पको रूपमा देखाए कर वृद्धिको योजना

काठमाडौं — स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चुरोट र रक्सीमा भारी मूल्यवृद्धिको प्रस्ताव सार्वजनिक गरेका छन्। मन्त्री पौडेलले हाल प्रतिखिल्ली १० रुपैयाँ पर्ने चुरोटको मूल्य ३० रुपैयाँ र प्रति बोतल १ हजार पर्ने रक्सीको मूल्य ३ हजार रुपैयाँ पुर्‍याउनुपर्ने धारणा व्यक्त गरेका हुन्।

__________ बिज्ञापन____________

सोमबार भक्तपुरको मध्यपुर थिमीमा आयोजित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको १७औँ स्थापना दिवस तथा ब्लड बैंक उद्घाटन समारोहमा बोल्दै उनले यस्तो प्रस्ताव अघि सारेका हुन्।

मन्त्री पौडेलका अनुसार चुरोट र रक्सीमा कर वृद्धि गरिएमा संकलित अतिरिक्त रकमको केही हिस्सा स्वास्थ्य बीमा कार्यक्रममा लगानी गर्न सकिनेछ। यसरी स्रोत जुट्न सकेमा स्वास्थ्य बीमा कार्यक्रमलाई जीवन्त बनाइराख्न सहज हुने उनको भनाइ थियो। अन्यथा, हालको अवस्थामा स्वास्थ्य बीमा कार्यक्रम नै बन्द गर्ने जोखिम उत्पन्न भएको उनले चेतावनी दिए।

उनले स्वास्थ्य बीमाको हालको एक लाख रुपैयाँको सुविधा विस्तार गरी पाँच लाख रुपैयाँ पुर्‍याउने तयारी भइरहेको जानकारी पनि दिए।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, पूर्वमेयर मदनकृष्ण श्रेष्ठ, उपमेयर अञ्जना देवी मधिकर्मी लगायतका व्यक्तित्वहरूले पनि स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र समाधानबारे आ–आफ्ना धारणा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर