युवा वैज्ञानिकको छविमा दाग: बलात्कार अभियोगमा मार्शल रोका दोषी, सात वर्ष कैद

दाङ — लुम्बिनी प्रदेश सरकारले ‘युवा वैज्ञानिक’ का रूपमा सम्मान गरेका दाङ घोराही–१६ का २८ वर्षीय मार्शल रोका बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। तुलसीपुर–९ की ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ जिल्ला अदालतले रोकालाई सात वर्ष कैदको सजाय सुनाएको हो।

__________ बिज्ञापन____________

जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले रोकालाई सात वर्ष कैद, तीन लाख रुपैयाँ जरिवाना, पीडितलाई ४० हजार रुपैयाँ क्षतिपूर्ति र १ हजार ३ सय रुपैयाँ राहत कोषमा जम्मा गर्न आदेश दिएको अदालतका श्रेष्तेदार दामोदर घिमिरेले जानकारी दिए।

पीडित महिलाले २०८० साल जेठ १६ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दर्ता गरेकी थिइन्। भोलिपल्ट जेठ १७ गते प्रहरीले रोकालाई घरबाटै पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानपछि २०८० असार १० गते जबरजस्ती करणीसम्बन्धी मुद्दा अदालतमा पेश गरिएको थियो।

मार्शल रोका वैज्ञानिक प्रयोगका लागि चर्चित थिए। उनले झारपातबाट ग्यास उत्पादन गर्नुका साथै सल्लोको खोटोबाट इन्धन उत्पादन गरेका थिए। रोका स्वयंले उत्पादन गरेको खोटोको एक लिटर तेल प्रयोग गरी मोटरसाइकल १०० किलोमिटरसम्म चलाउन सफल परीक्षण गरेका थिए। उनी विज्ञान र नवप्रवर्तनको क्षेत्रमा देखाएको योगदानका लागि लुम्बिनी प्रदेश सरकारले ‘युवा वैज्ञानिक’को रूपमा सम्मानित गरेका थिए।

तर, बलात्कार मुद्दामा दोषी ठहर भएपछि उनको वैज्ञानिक छविमा गम्भीर धक्का पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर