सहमति नजुटे सामूहिक गिरफ्तारीको चेतावनी, आन्दोलनरत शिक्षकहरू निषेधित क्षेत्रतर्फ

काठमाडौँ — आन्दोलनरत शिक्षकहरूले सरकारसँग आज राति १२ बजेसम्म सहमति नभए भोलिदेखि निषेधित क्षेत्र तोडेर सामूहिक रूपमा गिरफ्तारी दिन चेतावनी दिएका छन्।

__________ बिज्ञापन____________

नेपाल शिक्षक महासङ्घले आफ्ना मागहरूमा सहमति नभए काठमाडौँको निषेधित क्षेत्रभित्र प्रवेश गरी स्वतःस्फूर्त रूपमा गिरफ्तारी दिने निर्णय गरेको हो। महासङ्घका अनुसार, शिक्षकहरूको आन्दोलनलाई बेवास्ता गर्दै सरकारले वार्तामा गम्भीरता नदेखाएकाले यस्तो कदम चाल्न बाध्य भएको हो।

शिक्षकहरूले विगत केही दिनदेखि शिक्षा ऐन र अन्य सरोकारका विषयमा सरकारसँग वार्ता माग गर्दै आन्दोलन चर्काइरहेका छन्। तर, वार्ता प्रक्रिया ठोस रूपमा अघि नबढेको भन्दै उनीहरूले दबाबस्वरूप निषेधित क्षेत्रतर्फ जान लागिएको बताएका छन्।

“हामीले राति १२ बजेसम्मको समय दिएका छौँ। त्यसअघि सहमति भएन भने भोलिदेखि सामूहिक गिरफ्तारी हुनेछ,” एक आन्दोलनरत शिक्षक नेताले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर