सरकार र शिक्षक महासंघबीच नौ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं, वैशाख १७ – नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच नौ बुँदे सहमति भएसँगै लामो समयदेखि जारी शिक्षक आन्दोलन स्थगन भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सहमतिको जानकारी दिनुभयो।

__________ बिज्ञापन____________

 

नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बुधबार शिक्षा मन्त्रालयमा बसेको बैठकमा सरकार र आन्दोलनरत शिक्षकबीच नौ बुँदामा सहमति जुटेको जानकारी दिनुभयो। महासंघले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको थियो।

सहमतिको आधारमा शिक्षकहरुले आन्दोलन फिर्ता लिँदै विद्यार्थी भर्ना तथा परीक्षाका कार्यक्रम सुचारु गर्ने प्रतिबद्धता जनाएका छन्। सुवेदीका अनुसार आन्दोलन आजदेखि स्थगित गरिएको छ भने भोलि बिहीबारदेखि भर्ना अभियान र परीक्षा कार्यसञ्चालन पुनः सुरु हुनेछ।

सुवेदीले आगामी असार १५ गतेभित्र विद्यालय शिक्षा ऐन जारी गर्ने सहमति समेत भएको जानकारी दिनुभयो। यस सहमति मार्फत शिक्षा क्षेत्रको दीर्घकालीन सुधारतर्फ सकारात्मक सन्देश गएको बताइएको छ।

 

के – के भयो सहमति ?

१) शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।

२) अस्थायी प्रकृतिका शिक्षक – राहत,अस्थायी, साबिक उमावि, सिकाई अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्ने ।

३) प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोके बमोजिम व्यवस्था गर्ने ।

४) आगामी आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकहरूको लागि निजामती सरह ग्रेड सङ्ख्या र रकम कायम गर्ने ।

५) स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने ।

६) सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने ।

७) नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गर्ने ।

८) नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, कर्मचारी तथा पत्रकारहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने ।

९) निम्न माध्यमिक तह प्रथम श्रेणी का शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुनेगरी कायम गर्ने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते
दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 
धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
ललितपुरका सोम आले उपाधि होडमा 
बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते
धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन
नेपाली खेलाडी चेस उपाधिवाट चुके 
पोखरामा ३ दिने विन्टर चेस क्याम्प सफलतापूर्वक सम्पन्न
ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन