शिक्षक आन्दोलनपछि नारायण खत्रीको आक्रोश : “हात्ती आयो हात्ती आयो फुस्सा”

काठमाडौं, वैशाख १७ – नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच नौ बुँदे सहमति भएसँगै लामो समयदेखि जारी शिक्षक आन्दोलन स्थगन भएको छ। तर यो सहमतिपछि सबै शिक्षक सन्तुष्ट देखिएका छैनन्। आन्दोलनको क्रममा सहभागी धादिङका शिक्षक नारायण खत्रीले सामाजिक सञ्जालमा आफू असन्तुष्ट रहेको सार्वजनिक रुपमा बताएका छन्।

__________ बिज्ञापन____________

 

गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी भएका खत्रीले यसअघि पनि आन्दोलन बिचमै उधारो सम्झौता भएपछि धादिङ फर्किने क्रममा आफ्ना सहकर्मीहरुलाई अब यस्ता आन्दोलनमा नफस्ने कसम खाएको उल्लेख गरेका छन्। यसपटक पनि आन्दोलन कमजोर हुने ठान्दै उनले २९ दिनको आन्दोलनमा मुश्किलले ९ दिन मात्रै उपस्थिति जनाएका थिए।

 

सामाजिक सञ्जालमा खत्रीले लेखेका छन्, “अब तिमीहरूको उपलब्धि तिमीहरू नै राख शिक्षक नेतृत्व कर्ताहरू हो, कम्तिमा मलाई चाहिँ चाहिएन। अब बरु खाडी मुलुक जाने हो, त्यति हुँदा मैले दुख पाए पनि मेरा बच्चाहरूले दुख पाउने छैनन।”

 

आक्रोशित खत्रीले आफूले सात पुस्तालाई शिक्षण पेशा नरोज्न अनुरोधसमेत गरेका छन्। “हात्ती आयो हात्ती आयो फुस्सा” भन्दै उनले शिक्षक आन्दोलनको निष्कर्षप्रति गहिरो असन्तोष व्यक्त गरेका छन्।

 

यता, शिक्षक महासंघले भने आन्दोलनका क्रममा उठाइएका मागमध्ये धेरैजसो सम्बोधन भएको दाबी गरेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार सरकारसँग भएको नौ बुँदे सहमतिअनुसार आगामी असार १५ गतेभित्र विद्यालय शिक्षा ऐन ल्याउने तयारी समेत गरिएको छ।

 

तर नारायण खत्रीजस्ता असन्तुष्ट आवाजले आन्दोलनको स्वरूप, प्रभावकारिता र नेतृत्वको प्रभावमाथि पुनर्विचार आवश्यक भएको संकेत दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास