धारिलो हतियार प्रहारबाट ८८ वर्षीय वृद्ध गम्भीर घाइते, आक्रमणकारी पक्राउ

धादिङ, वैशाख २५ – धादिङको नीलकण्ठ नगरपालिका–९ निगालपानीमा धारिलो हतियार प्रहारबाट एक ८८ वर्षीय वृद्ध गम्भीर घाइते भएका छन्। बिहिबार दिउँसो करिब १:३५ बजे बाबुकाजी लम्साल नामले चिनिने रामहरी लम्सालले सोही स्थानका ८८ वर्षीय जगन्नाथ लम्साललाई टाउको र खुट्टामा खुर्पा प्रहार गरेका हुन्।

__________ बिज्ञापन____________

 

घाइते वृद्धलाई तत्कालै जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी निरीक्षक प्रल्हाद सिलवालको टोलीले खटिएर उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धादिङ ल्याइएको थियो।

अस्पतालमा प्रारम्भिक उपचारपछि घाइतेको अवस्था गम्भीर देखिएपछि उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ स्थित टिचिङ अस्पताल रिफर गरिएको छ। नेपाली सेनाका सेनानी निसन कुँवरको कमाण्डमा खटिएको टोलीले सेनाको हेलिकोप्टर प्रयोग गरी घाइतेलाई काठमाडौँ पठाइएको हो।

 

घटनापछि फरार रहेका आक्रमणकारी रामहरी लम्साललाई खोजतलासका क्रममा घटनास्थलबाट करिब पाँच किलोमिटर टाढा रहेको सातदोबाटो क्षेत्रबाट अपराह्न ३:५० बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धादिङमा ल्याइएको छ।

 

प्रहरीले घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते
दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 
धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
ललितपुरका सोम आले उपाधि होडमा 
बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते
धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन
नेपाली खेलाडी चेस उपाधिवाट चुके 
पोखरामा ३ दिने विन्टर चेस क्याम्प सफलतापूर्वक सम्पन्न
ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन