सहकारी चेसमा नेपाली खेलाडीको दबदबा

२५ बैशाख, ललितपुर। ‘अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५’ को अवसरमा आयोजित दोस्रो कोप ओपन फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगिताको पहिलो दिन नेपाली खेलाडीहरूले शानदार प्रदर्शन गरेका छन्। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रायोजन तथा राष्ट्रिय सहकारी महासंघको आयोजनामा भइरहेको प्रतियोगितामा नेपालका सिएम पुरुषोत्तम सिलवाल र आशिष् फुँयालले ५–५ अंक जोड्दै शीर्ष स्थानमा कब्जा जमाएका छन्।

__________ बिज्ञापन____________

 

युवा खेलाडी पुरुले सिएम पुरुषोत्तम चौलागाईंलाई तथा आशिष् फुँयालले प्रकाशचन्द्र नेपाललाई पराजित गर्दै सबै खेल आफूतर्फ पारेका हुन्। प्रतियोगितामा एफएम क्षितिज भण्डारी, एफएम रुपेश जैसवाल र सुरोज महर्जनले समान ४.५ अंक हासिल गर्दै संयुक्त दोस्रो स्थानमा रहन सफल भए। नेपाल च्याम्पियन जैसवाल र एफएम क्षितिजको खेल बराबरीमा टुंगिएको थियो भने सुरोजले कमल श्रेष्ठलाई पराजित गरे।

यसैगरी, भारतीय खेलाडी आशुतोष कुमार यादवसहित नेपालका राजु ताम्राकार, प्रेमकृष्ण महर्जन, फुर्वा लामा, एआईएम अभिषेक शाह, पूर्णराज खड्का, प्रेम खड्का, सिएम भगवती प्रसाद शर्मा र बद्रीलाल नेपालीले समान ४–४ अंक जोड्दै उत्कृष्ट प्रदर्शन गरेका छन्।

 

४ अंक हासिल गर्ने अन्य खेलाडीहरूमा प्रकाशचन्द्र नेपाल, सिएम पुरुषोत्तम चौलागाईं, हर्कबहादुर चोङ्वाङ, उज्वल दहाल, धिरेन राई, बेदु सरु मगर, योगेश श्रेष्ठ र गणेशबहादुर थापा रहेका छन्।

 

महिला तर्फ नेशनल बी च्याम्पियन बिनिता कपाली र नेपाल महिला च्याम्पियन सिन्दिरा जोशी अग्रस्थानमा रहेका छन्। प्रतियोगितामा नेपाल र भारतका १२४ जना खेलाडीहरूको सहभागिता रहेको छ।

 

विजेताले नगद ४० हजार रुपैयाँसहित ट्रफी, मेडल तथा एक वर्षका लागि १० लाख रुपैयाँ बराबरको आवधिक जीवन बीमा सुविधा प्राप्त गर्नेछन्। दोस्रो हुनेले २५ हजार नगद र ७ लाखको बीमा, तेस्रोले १५ हजार नगद र ५ लाखको बीमा प्राप्त गर्नेछ।

 

प्रतियोगितामा उत्कृष्ट १० स्थानसम्म नगद पुरस्कार दिइनेछ भने उत्कृष्ट महिला खेलाडीहरूलाई क्रमशः ७, ६ र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। साथै, उत्कृष्ट भेट्रान, नवप्रवेशी अनरेटेड, युवा–१६, युवा–१८, सहकारी तथा बीमा क्षेत्रका खेलाडीहरूलाई पनि छुट्टाछुट्टै पुरस्कार प्रदान गरिनेछ।

 

प्रतियोगिताको उद्घाटन राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ल र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष पसाईले चेस खेलेर संयुक्त रूपमा गर्नुभएको थियो। कार्यक्रममा महासंघका उपाध्यक्ष डिवी बस्नेत, महाप्रबन्धक सुरेश थापा, राष्ट्रिय सहकारी बैंकका सीईओ बद्रि गुरागाईं, नेपाल चेस महासंघका अध्यक्ष हेराकाजी महर्जनलगायतको उपस्थिति थियो।

 

प्रतियोगिता २६ बैशाख २०८२ गतेसम्म सञ्चालन हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते
दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 
धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
ललितपुरका सोम आले उपाधि होडमा 
बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते
धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन
नेपाली खेलाडी चेस उपाधिवाट चुके 
पोखरामा ३ दिने विन्टर चेस क्याम्प सफलतापूर्वक सम्पन्न
ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन