समाचारको प्रभाव: गल्छीचोकको ट्रान्सफर्मर व्यवस्थापन कार्य प्रारम्भ

गल्छी खबर । गल्छी गाउँपालिका वडा नम्बर ७ स्थित गल्छीचोकमा अव्यवस्थित रूपमा राखिएको प्रमुख ट्रान्सफर्मरबारे एक हप्ता अगाडी गल्छी खबर डट कममा प्रकाशित समाचारको प्रभाव परेको छ। समाचार सार्वजनिक भएपछि सम्बन्धित निकाय नेपाल विद्युत प्राधिकरणले समस्या समाधानतर्फ चासो देखाउँदै आजदेखि ट्रान्सफर्मर व्यवस्थापनको कार्य प्रारम्भ गरेको छ।

__________ बिज्ञापन____________

समाचारमा ट्रान्सफर्मर नजिकै पसल, घर र भीडभाड हुने स्थान रहेको, खिया लागेका संरचना तथा झुन्डिएका तारहरूको कारण सम्भावित दुर्घटनाको जोखिम रहेको उल्लेख गरिएको थियो। सोही जोखिमलाई दृष्टिगत गर्दै नेपाल विद्युत प्राधिकरणको इञ्जिनियर तथा प्राविधिक टोलीले ट्रान्सफर्मरको सुरक्षा सुदृढ गर्नका लागि पोलहरूको स्थानान्तरण, तार समायोजन तथा संरचना मर्मतको कार्य सुरु गरेको छ।

स्थानीय बासिन्दाहरूले सञ्चारमाध्यमबाट आवाज उठाइएपछि सम्बद्ध निकाय सक्रिय बनेकोमा खुसी व्यक्त गरेका छन्। “गल्छी खबरको समाचारले हाम्रो आवाज बनेर काम गर्‍यो, अहिले केही राहत मिल्ने आशा जागेको छ,” एक स्थानीय व्यापारीले प्रतिक्रिया दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर