गल्छी-५ मा स्थानीय तह र वन समूहबीच अन्तरक्रिया तथा समन्वय बैठक सम्पन्न

वन संरक्षण, समूह पुनर्गठन र कार्ययोजना नवीकरणमा केन्द्रित छलफल

गल्छी गाउँपालिका–५ अन्तर्गतका वन समूहहरूबीच अन्तरक्रिया तथा समन्वय बैठक सम्पन्न भएको छ। मिति २०८२ बैशाख २७ गते सम्पन्न उक्त बैठकमा २०७२ सालको विनाशकारी भूकम्प र पछिल्लो कोभिड-१९ लकडाउन यता सम्पर्कविहीन तथा निष्क्रिय बनेका वन समूहहरूको पुनर्सक्रियता, कार्ययोजना नवीकरण, वन संरक्षण तथा सामुदायिक सचेतनाका विषयमा विस्तृत छलफल भएको थियो।

__________ बिज्ञापन____________

बैठकमा सहभागी १७ निष्क्रिय समूहहरूमध्ये १५ वटा समूहका प्रतिनिधिहरू गरी कुल २५ जना सहभागी थिए। बैठकमा फिल्ड सर्भे गर्ने मिति तय गरिएको छ भने केही समूहमा नयाँ कार्यसमिति गठन तथा पुनर्गठन आवश्यक रहेको निष्कर्ष निकाल्दै आवश्यक समूहहरूमा भेलाको आयोजना गर्ने निर्णय पनि गरिएको छ।

कार्यक्रममा सहभागीहरूले वन संरक्षणमा पूर्ण प्रतिबद्धता जनाउँदै स्थानीय तह र वन समूहबीचको समन्वयलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

उक्त कार्यक्रमको सहजीकरण गल्छी गाउँपालिका–५ का वडाध्यक्ष सरोज लामा तामाङ, बैरेनी सवडिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत हेम चन्द्र महतो तथा वनरक्षक शेर बहादुर पालले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर