बिर्तामोडमा ‘उभौली कप’ राष्ट्रिय रेटिङ चेस प्रतियोगिता सुरु,

२ अंक जोड्ने खेलाडीको वर्चस्व

बिर्तामोड, झापा – जेठ २ ।बिर्तामोड चेस क्लबको आयोजनामा र किरात याक्थुङ चुम्लुङको सह–आयोजनामा झापाको बिर्तामोड सिटी सेन्टरमा आयोजित उभौली पर्व प्रथम राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता आजबाट सुरु भएको छ।

__________ बिज्ञापन____________

 

प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई र नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले संयुक्त रूपमा चेस गोटी चालेर गर्नुभयो। बिर्तामोड चेस क्लबका अध्यक्ष नारायण राईको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मन्त्री राई, बिर्तामोड नगरपालिकाका उपप्रमुख, महासंघ अध्यक्ष हेराकाजी महर्जन लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो। प्रतियोगिता निर्देशक ज्वाला लिम्बूले स्वागत मन्तव्य राख्नुभयो।

तीन दिने प्रतियोगिता स्वीस लिग प्रणालीमा सञ्चालन हुँदैछ। प्रतियोगितामा विजेताले ५१ हजार, उपविजेताले ३५ हजार र तेस्रो हुनेले ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। कूल ३ लाख ३५ हजार ५ सय रुपैयाँ नगद पुरस्कार राशी रहेको प्रतियोगितामा ३७ जिल्लाबाट १३१ जना खेलाडीले सहभागिता जनाएका छन्।

आज सम्पन्न पहिलो र दोस्रो चरणको खेलमा हालका नेपाल च्याम्पियन रुपेश जैशवाल, पूर्व च्याम्पियन नवीन तन्डुकार, राजन सुवेदी, पुरुषोत्तम चौलागाईं, झापाका प्रकाश नेपाल, ज्वाला लिम्बू, पाँचथरका रिसोन थापा, महेन्द्र साम्वाहम्फे लगायतका खेलाडीले दुवै खेलमा जित दर्ता गर्दै २–२ अंक जोड्न सफल भएका छन्।

रुपेशले दोस्रो चरणमा सुनसरीका नारायण खतिवडालाई पराजित गरे भने नवीनले दिनेश भट्टराईमाथि विजय हासिल गरे। त्यसैगरी, राजनले सप्तरीका सूर्यनारायण दिसलाई, पुरुषोत्तमले प्रतिमा बास्कोटालाई, प्रकाशले सुवास बानियाँलाई पराजित गरे।

 

दुवै खेल जित्दै २ अंक जोड्ने अन्य खेलाडीमा झापाका अविरल राई, विश्व विजय घिमिरे, कृतिसारा अधिकारी, सुनसरीका राजेन्द्र राई, मुहान नर्सिङ श्रेष्ठ, राजन कुमार पोखरेल, हिमाल राई, चुडामणि राई, ललितपुरका राजन पुरी, सरोज महर्जन, झापाका सुमन श्रेष्ठ, मोरङका लोक सागर साम्बा, उमेश राई र तेह्रथुमका लक्ष्मीप्रसाद कन्दङवा रहेका छन्।

 

उक्त प्रतियोगिता जेठ ४ गतेसम्म चल्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते
दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 
धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
ललितपुरका सोम आले उपाधि होडमा 
बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते
धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन
नेपाली खेलाडी चेस उपाधिवाट चुके 
पोखरामा ३ दिने विन्टर चेस क्याम्प सफलतापूर्वक सम्पन्न
ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन