गल्छीमा सडक स्तरोन्नति ढिलासुस्ती, व्यवसायीहरू संकटमा

महिनामा लाखभन्दा बढी भाडा तिर्छौ तर व्यापार व्यवसाय शुन्य छ, व्यवसाय टिकाउने कसरी?

गल्छी, धादिङ – गल्छी बजारमा भइरहेको सडक स्तरोन्नतिको काम अत्यन्तै ढिलासुस्ती भएको छ। लामो समयदेखि अलपत्र परेको सडक विस्तार तथा स्तरोन्नति कार्यले स्थानीय व्यवसायीहरूलाई गम्भीर आर्थिक संकटमा पुर्‍याएको छ।

__________ बिज्ञापन____________

 

बजार क्षेत्रमा महिनामा झन्डै १ लाख रुपैयाँसम्म भाडा तिरेर व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरू ग्राहक नआएर पसल सुनसान हुँदा भाडा तिर्नसमेत सकस परेको गुनासो गर्छन्। “ग्राहक नआउँदा दिनभरिको आम्दानीले पसलको खर्च पनि धानिँदैन,” एक व्यवसायीले दुखेसो गरे, “बैंकको ब्याज तिर्नसमेत धौ – धौ भएको छ।”

धुलाम्मे सडक, खोलिएका तर नसकिएका खाल्डाखुल्डी, र काममा देखिएको चरम ढिलाइले गर्दा सर्वसाधारणलाई आवत-जावतमा समेत समस्या भइरहेको छ। सडक स्तरोन्नति कार्यले व्यवसाय मात्र होइन, स्थानीय जनजीवन नै प्रभावित बनाएको देखिन्छ।

 

व्यवसायीहरू भन्छन्, “हामीले कर तिरेका छौं, भाडा तिरेका छौं, बैंकका किस्ता छन्। यस्तो अवस्थामा सडक बन्द भएर ग्राहक नआएपछि हाम्रो हालत के हुन्छ?” उनीहरूले जनप्रतिनिधिहरू र सम्बन्धित निकायप्रति गम्भीर प्रश्न उठाएका छन्।

 

सडक स्तरोन्नतिको काम लामो समयदेखि अधुरो रहँदा स्थानीय जनप्रतिनिधिहरूले चासो नदेखाएको र निर्माण व्यवसायीले समयमै काम नसकाउनु गैरजिम्मेवारपूर्ण व्यवहार भएको भन्दै स्थानीय आक्रोशित भएका छन्।

 

अब सम्बन्धित निकायले तत्काल सडक स्तरोन्नति कार्यलाई तीव्रता नदिए स्थिति झन् भयावह बन्ने स्थानीयको चेतावनी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते
दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 
धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
ललितपुरका सोम आले उपाधि होडमा 
बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते
धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन
नेपाली खेलाडी चेस उपाधिवाट चुके 
पोखरामा ३ दिने विन्टर चेस क्याम्प सफलतापूर्वक सम्पन्न
ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन