त्रिशुली नदी किनारमा फेला पर्‍यो ११ वर्षीया बालिकाको शव

धादिङ, जेठ ३ – धादिङ जिल्लाको गल्छी गाउँपालिका–१ फोसटारस्थित त्रिशुली नदीको किनारमा अन्दाजी ११/१२ वर्षीया बालिकाको शव फेला परेको छ।

__________ बिज्ञापन____________

शनिबार (२०८२ साल जेठ ३ गते) दिउँसो करिब ४:५० बजे स्थानीय बासिन्दाले त्रिशुली नदी किनारमा बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त भएलगत्तै बैरेनी प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) काशीराम बुढाको टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा उक्त बालिका २०८२ साल वैशाख ३० गते नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–७ बाट बेपत्ता भएकी जेनी ढङ्गोल भएको आशंका गरिएको थियो। यसै आधारमा बालिकाका पिता देव ढङ्गोललाई खबर गरिएपछि उनले घटनास्थलमा आएर शव आफ्नै छोरीको भएको पुष्टि गरेका छन्।

बालिकाको शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी मुजुल्का उठाएर पोष्टमार्टमको लागि आज राति ७:३० बजे गजुरी पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर