सिएम पुरुषोत्तम चौलागाईंले बुद्धिचाल उपाधि उचाले

४ जेठ, विर्तामोड । उभौली पर्वको अवसरमा विर्तामोडमा सम्पन्न प्रथम राष्ट्रव्यापी रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा क्यान्डिडेट मास्टर (CM) पुरुषोत्तम चौलागाईंले उपाधि हात पार्न सफल भएका छन्।

__________ बिज्ञापन____________

 

पूर्व नेपाल च्याम्पियन चौलागाईंले ९ खेलमध्ये ८ खेलमा जित निकाल्दै ८ अंकका साथ एकल अग्रता कायम गर्दै उपाधि चुमेका हुन्। उनले निर्णायक अन्तिम चरणको खेलमा खोटाङका धिरेन राईलाई पराजित गरेका थिए। उपाधिसहित चौलागाईंले आकर्षक ट्रफी र नगद ५१ हजार रुपैयाँ प्राप्त गरे।

 

फिडे मास्टर (FM) तथा नेपाल च्याम्पियन रुपेश जैसवाल छैठौं खेलमा निवर्तमान नेपाल च्याम्पियन राजन सुवेदी संगको हार  र अन्तिम खेलमा सुनसरीका राजेन्द्र राई संग बराबरी खेलका कारण ७.५ अंक मात्र बटुल्न सफल भ‌ई प्रतियोगितामा दोस्रो हुदै ३५ हजार रुपैयाँ नगद जिते।

 

सीएम नवीन तण्डुकार तेस्रो स्थानमा रहँदै ३० हजार रुपैयाँ प्राप्त गर्न सफल भए। उनले नवौं चरणमा ललितपुरका सरोज महर्जनलाई पराजित गरेका थिए। चौथो स्थानमा रहेका धिरेन राईले २५ हजार रुपैयाँ हात पारे।

 

आयोजक बिर्तामोड चेस क्लबका ज्वाला इम्बुङ पाँचौं स्थानमा रहँदै २० हजार रुपैयाँ प्राप्त गरे। ललितपुरका राजन पुरी छैटौं (१५ हजार), पूर्व च्याम्पियन राजन सुबेदी सातौं (१४ हजार), सुनसरीका राजेन्द्र राई आठौं (१३ हजार), मुहान नर्सिङ श्रेष्ठ नवौं (१२ हजार) र मोरङकी निलम बस्नेत दशौं स्थानमा रहँदै ११ हजार रुपैयाँ नगद पुरस्कार जित्न सफल भए।

 

त्यस्तै, सुजन काफ्लेले १० हजार, चुडामणि कुलुङ राईले ८ हजार, किरण लिम्बूले ७ हजार तथा अबिरल राई र सुरज रोयले समान ६ हजार रुपैयाँ प्राप्त गरे।

 

विधागत (स्पेशल) पुरस्कारतर्फ:

उत्कृष्ट नवप्रवेशी: जीवन राई

उत्कृष्ट वरिष्ठ खेलाडी: बसन्त लामा

उत्कृष्ट महिला खेलाडी: कृतिसरा अधिकारी

झापाबाट उत्कृष्ट: राज लिम्बू

रेटिङ १६०० मुनी: डा. सन्तोष प्रसाद साह

रेटिङ १८०० मुनी: विनय थापा

यू–१४: कृष्णप्रसाद भारती

यू–१८: सम्यक श्रेष्ठ

स्थानीय उत्कृष्ट: विष्णुप्रसाद पाठक, राज श्रेष्ठ, क्षितिज लिम्बू

स्थानीय उत्कृष्ट महिला: विनिता राई

विद्यालय तर्फ: आदर्श रिजाल, निश्चल पाठक, सुलभ ओझा

प्रदेश तर्फ: विश्वविजय घिमिरे

अनुशासित खेलाडी: हरिकुमार गुरुङ

फरक क्षमता: लक्ष्मीप्रसाद कन्दङ्वा

 

 

कुल ३३ जना उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको थियो। प्रतियोगिताबाट कुल नगद ३ लाख ३५ हजार ५ सय रुपैयाँ वितरण गरिएको आयोजकले जनाएको छ।

 

समापन तथा पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि विर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईं, विशिष्ट अतिथि हेराकाजी महर्जन, किरात याक्थुङ चुम्लुङका भिममाया नेम्वाङ, जिल्ला सचिव हिमालय कन्दङ्वा र नगर अध्यक्षलगायतले विजेता खेलाडीहरूलाई पुरस्कार प्रदान गरेका थिए।

 

यस प्रतियोगिताले राष्ट्रिय स्तरमा बुद्धिचाल खेलको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते
दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 
धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
ललितपुरका सोम आले उपाधि होडमा 
बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते
धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन
नेपाली खेलाडी चेस उपाधिवाट चुके 
पोखरामा ३ दिने विन्टर चेस क्याम्प सफलतापूर्वक सम्पन्न
ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन