अन्तर्राष्ट्रिय चेसमा नेपालका कमल र निकेनको अग्रता

भक्तपुर, ९ जेठ — भक्तपुर युवा टिमको आयोजनामा सुरु भएको “स्व. कुमार ग्वाछा स्मृति ओपन फिडे रेटिङ्ग २००० मुनि र्‍यापिड चेस प्रतियोगिता” मा नेपालका कमल श्रेष्ठ र निकेन कुसाथा समान ५ अंक जोडेर शीर्ष स्थानमा उक्लिएका छन्।

__________ बिज्ञापन____________

 

नेपाल, भारत र ईङ्ल्याण्डका गरी १२७ खेलाडीहरूको सहभागिता रहेको दुईदिने प्रतियोगितामा १० मिनेट प्लस १० सेकेन्ड प्रति चालको समय नियन्त्रण लागू गरिएको छ। पहिलो दिन सम्पन्न पाँचौं चरणसम्मको खेलमा कमल श्रेष्ठले पूर्णराज खड्कालाई तथा निकेन कुसाथाले गणेश अवाललाई पराजित गर्दै अग्रता लिएका हुन्।

 

त्यसैगरी, नेपालका प्रकाशचन्द्र नेपाल, भारतका विनायक सिंह यादव र नेपालकै प्रेमकृष्ण महर्जनले समान ४.५ अंक जोडेर संयुक्त दोस्रो स्थानमा रहे।

 

४ अंक जोड्दै तेस्रो स्थानमा उभिने खेलाडीहरूमा नेपालका पूर्णराज खड्का, भगवतीप्रसाद शर्मा, गणेश अवाल, मुहान नरसिंह श्रेष्ठ, नविन तण्डुकार, सन्देश श्रेष्ठ, बिजेश राजकर्णिकार, महेन्द्रकुमार सम्वाहाम्फे र राहुल चौ प्रधान छन्। भारतका आशुतोष कुमार, नेपालका पुरूषोत्तम दुवाल, रिसोन थापा, रमेशवीर माली, स्वर्णीम दुवाल र निर्मल सापकोटाले पनि ४ अंक जोडेर सम्भावनामा रहन सफल भएका छन्।

 

प्रतियोगितामा सहभागी ईङ्ल्याण्डका एक मात्र अनरेटेड खेलाडी वीनल जोसेफले ३ अंक जोड्दै अनुभव बटुलेका छन्।

 

महेश्वरी बैंक्वेट, थुसाछा, भक्तपुरमा सञ्चालन भइरहेको प्रतियोगिता फिडे अन्तर्राष्ट्रिय निर्णायक तथा प्रशिक्षक ज्ञानेन्द्र खाइजूको नेतृत्वमा, एफए सोराज ताम्राकार, एफए हरिकृष्ण श्रेष्ठ, एनए असुन राजकर्णिकार लगायतको प्राविधिक टोलीद्वारा सञ्चालन भइरहेको छ।

 

प्रतियोगिताको औपचारिक उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवाल र भक्तपुर युवा टिमका अध्यक्ष केशव त्वानाबासुले संयुक्त रूपमा चेसको गोटी चालेर गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

अन्तर्राष्ट्रिय चेसमा निहाना श्रेष्ठलाई रजत पदक
पूर्वप्रधानमन्त्री ओली हाजिरी जमानीमा रिहा
तेश्रो राष्ट्रिय रापिड तथा दोश्रो ब्लिट्ज चेस बैशाखमा हुने
दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
ताजा खबर

अन्तर्राष्ट्रिय चेसमा निहाना श्रेष्ठलाई रजत पदक

पूर्वप्रधानमन्त्री ओली हाजिरी जमानीमा रिहा

तेश्रो राष्ट्रिय रापिड तथा दोश्रो ब्लिट्ज चेस बैशाखमा हुने

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने