“अब खाडीमा होइन, आफ्नै देशमा”: ‘चिया Kings’ ले मनायो पहिलो वार्षिकोत्सव, सबै चियामा २५% छुट

रामेछापका एक युवक, जसले केही वर्षअघि १२ कक्षा सकेपछि सर्टमा लेखेको “अब खाडिमा भेटौला” सन्देशले देशैभर चर्चा बटुलेका थिए, आज उनी आफ्नै देशमा उदाहरणीय उद्यमी बनेका छन्। काभ्रेको बनेपामा ‘चिया Kings’ नामक चिया ब्राण्ड सञ्चालन गर्दै आएका ती युवाले आफ्नो व्यवसाय स्थापना गरेको एक वर्ष पुगेको अवसरमा विशेष छुट घोषणा गरेका छन्।

__________ बिज्ञापन____________

पहिलो वार्षिकोत्सवको अवसरमा ‘चिया Kings’ ले आज एकदिनका लागि सबै प्रकारका चियामा २५% सम्म छुट दिएको छ। ग्राहकहरूका लागि यो अफर केवल वार्षिकोत्सवको दिनका लागि सीमित रहेको उनी बताउँछन्।

उद्यमशीलताको प्रेरणादायी उदाहरण बनेका यी युवाले खाडी जाने सोच त्यागेर आफ्नै देशमा केही गर्ने अठोट गरे। “इच्छा भए देशमै धेरै गर्न सकिन्छ,” भन्ने सन्देश दिंदै उनले युवा पुस्तालाई स्वदेशमै अवसर खोज्न प्रेरित गर्दै आएका छन्।

उद्योग सञ्चालनका क्रममा उनले युवा जोस, सिर्जनशीलता र निरन्तरताको महत्व झल्काएका छन्। अब बनेपा आउने जो-कोहीका लागि ‘चिया Kings’ केवल चिया पसल मात्र नभई प्रेरणाको स्रोत बन्न पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर