गल्छीका सामुदायिक वनहरुमा वृक्षारोपण

गल्छी (धादिङ), जेठ १९ – विश्व वातावरण दिवसको अवसर पारेर गल्छी गाउँपालिका–४ स्थित अधेरीखोला सामुदायिक वन क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। अधेरीखोला सामुदायिक वनका साथै गल्छी–७ को ठुलोडाँडा सामुदायिक वन, गल्छी–४ मा रहेको सिमपानी कवुलियती वन र थुम्किडाँडा कवुलियती वनमा गरी करिब १०० वटा बाँसका कलमी बिरुवाहरू रोपिएका छन्।

__________ बिज्ञापन____________

कार्यक्रममा उपभोक्ता समूहका सदस्यहरू, वन कर्मचारी, स्थानीय कृषक र सरोकारवालाहरू गरी झन्डै ४० जनाको सक्रिय सहभागिता रहेको थियो। वृक्षारोपण कार्यक्रममा अधेरीखोला सामुदायिक वन समूहका अध्यक्ष कमलकान्त अधिकारी, पूर्णबहादुर तामाङ, बैरेनी सव डिभिजन वन कार्यालयका वन अधिकृत हेम चन्द्र महतो, समूह सहयोगी अप्सरा पौडेललगायतको उपस्थिति रहेको थियो।

बैरेनी सव डिभिजन वन कार्यालयको सहकार्यमा निजी किसानहरूलाई पनि उनीहरूको निजी जग्गामा वृक्षारोपण गर्नका लागि बाँसका बिरुवा वितरण गरिएको छ। बाँस बहुपयोगी, बजारमैत्री र आम्दानीको स्रोत भएकाले यसको माग उच्च रहेको वन कार्यालयले जनाएको छ। बाँसले भूसंरक्षणमा मद्दत पुर्‍याउने, ढलाउयुक्त कमजोर माटोमा भूक्षय रोक्ने र वातावरणीय सन्तुलन कायम गर्न पनि योगदान दिने भएकाले यसपटकको वृक्षारोपणमा विशेष प्राथमिकता दिइएको जनाइएको छ।

वृक्षारोपण कार्यक्रम तथा बाँस बिरुवा वितरण कार्य केही दिनसम्म निरन्तर चल्ने जनाइएको छ। यस अभियानले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्थानीय आय आर्जनमा समेत सकारात्मक योगदान पुर्‍याउने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर