प्रथम जुनियर राष्ट्रिय चेसमा रिसोन थापा र रिया श्रेष्ठ च्याम्पियन बने।

३१ जेष्ठ, काठमाडौँ। बुढानीलकण्ठ नगरपालिकाको प्रायोजनमा सम्पन्न प्रथम जुनियर राष्ट्रिय चेस च्याम्पियनसिपमा पाँचथरका रिसोन थापाले सत प्रतिशत जित निकाल्दै प्रथम भएका छन्।

__________ बिज्ञापन____________

रिसोनले ९ चरणको खेलमा पूर्ण ९ अङ्क प्राप्त गर्दै पहिलो पुरस्कार नगद रु ४० हजार हात पार्न सफल भएका छन्। उनले नगदसहित आकर्षक ट्रफी स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गरेका छन्।

यस्तै श्रीलंकामा भएको एसियाली चेसमा रजक पदक प्राप्त गरेका सीएम पुरुषोत्तम सिलवालले ८ अङ्क जोडेर द्वितीय बन्दै नगद २५ हजार प्राप्त गरेका छन्। प्रतिस्पर्धामा समान ७ अङ्क प्रोग्रेसिभ प्वाइन्टका आधारमा प्रतिक सुवेदी तृतीय बन्दै नगद १० हजार प्राप्त गरे।


रोमाञ्चक खेलतर्फ समान ७ अङ्क प्रोग्रेसिभ प्वाइन्टका आधारमा ललितपुरका अविक शाह चौथो स्थान मा रहँदै नगद ७ हजार ५०० प्राप्त गरेका छन् र काठमाडौँका अग्रिम सैजु पाँचौं स्थानमा प्रतियोगिता सम्पन्न गर्दै नगद ५ हजार पुरस्कार प्राप्त गरे।

यसैगरी जुनियर छात्रा तर्फ काठमाडौँ जिल्लाका रिया श्रेष्ठले ७ चरणको खेलमा पाँच जित र दुई बराबरी नतिजासँगै ६ अङ्कका साथ उपाधि जित्न सफल भएकी छिन्।
छात्रा तर्फ अपराजित रहँदै उपाधि जित्ने क्रममा रिया श्रेष्ठले पहिलो पुरस्कार नगद रु. ४० हजार, ट्रफी, गोल्ड मेडल र प्रमाणपत्र हात पारेकी छिन्।

प्रतियोगितामा बाँकेकी ईशा गिरीले ५.५ अङ्क टाइब्रेक ३३ प्वाइन्ट जोडेर द्वितीय बन्न सफल भएकी छिन्। ईशाले नगद पुरस्कार रु.२५ हजार, सिल्भर मेडल प्रमाणपत्र प्राप्त गरेकी छिन्।

यस्तै दक्षिणकाली नगरपालिकाका एन्जल महर्जनले समान ५.५ अङ्क टाइब्रेक ३१ प्वाइन्ट बनाउँदै तृतीय बन्न सफल भएकी छिन्। उनले नगद पुरस्कार रु १० हजार ब्रोन्ज मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

यसै स्पर्धामा काठमाडौँका दानिसा पुरीले ५.५ अङ्क टाइब्रेक २७.५ प्वाइन्टमा सीमित रहँदै चौथो स्थान प्राप्त गरेका छन्। उनले नगद पुरस्कार रु ७,५०० हात पारेकी छिन्।
काठमाडौँकै प्रिसियस अधिकारीले पाँच अङ्क जोडेर पाँचौं स्थानमा उभिँदै नगद पुरस्कार रु ५ हजार हात पारेकी छिन्।
स्पर्धामा विधागततर्फ उत्कृष्ट छात्र यू ८ काठमाडौँका शुभाङ्ग प्रधान, यू १० आस्विक पोखरेल, यू १२ समृद्ध श्रेष्ठ, यू १४ ओस्कार पन्थी र यू १६ आद्यान्त काफ्ले र यू १८ युनिक गौतमले पुरस्कार ग्रहण गरे।

उत्कृष्ट छात्रातर्फ यू १० अग्रता आचार्य, यू १२ निहाना श्रेष्ठ, यू १४ नेलिसा ओझा, यू १६ ओजस्वी श्रेष्ठ र यू १८ ग्लोसी श्रेष्ठ ले नगद पुरस्कार ग्रहण गरेका छन्।
यसै बीच त्रिज्योति स्कुलमा भएको पुरस्कार वितरण कार्यक्रम संयोजक दीपक तामाङको सभापतित्वमा सम्पन्न भएको थियो।

उक्त समापन समारोहमा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन्। कार्यक्रममा नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जन, प्रवक्ता राजु ताम्राकारको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास