बद्रीलाललाई दोस्रो मेयर कप ब्लिट्ज रेटिङ चेस प्रतियोगिताको उपाधि

ललितपुर, नेपाल – JCI पाटनको आयोजनामा दोस्रो मेयर कप ब्लिट्ज रेटिङ चेस प्रतियोगिता सफलता साथ सम्पन्न भएको छ। पविलियन्स चेस एकेडेमीको प्राविधिक सहयोगमा सम्पन्न भ‌एको प्रतियोगितामा नेपालका शीर्ष वरीयता प्राप्त खेलाडीहरूदेखि उदाउँदा प्रतिभाहरूको उत्कृष्ट खेलहरुले दर्शकहरूलाई रोमाञ्चित बनाएको थियो। प्रतियोगितामा विभिन्न समूह र वर्गमा विभाजन गरी पुरस्कार प्रदान गरिएको थियो।

__________ बिज्ञापन____________

 

प्रतियोगिताको शीर्ष स्थान हात पार्दै बद्री लाल नेपालीले १०,००० रुपैयाँको नगद पुरस्कारसहित च्याम्पियन बन्न सफल भए।

दोस्रो स्थानमा क्षितिज भण्डारी रहँदा उनले ७,००० रुपैयाँ प्राप्त गरे भने तेस्रो स्थान हासिल गर्दै पुरूषोत्तम चौंलागाईंले ४,००० रुपैयाँ जिते।

 

चौथो स्थानमा रहेका नविन तण्डुकारले २,५०० रुपैयाँ पाए भने राजन सुवेदीले पाँचौँ स्थानमा रहँदै २,००० रुपैयाँ जिते।

 

छैठौँ स्थानमा बिजेश राजकर्णिकार रहे, जसले १,५०० रुपैयाँ पाए।

 

सातौँ स्थान रत्न ब्यान्जनकारले पाउँदा, आठौँ स्थानमा राहुल चाउ प्रधान रहे। दुबैले १,५०० रुपैयाँ पुरस्कार पाए।

 

नवौँ स्थानमा राजन पुरी रहे भने, दशौँ स्थान कृष्णमान महर्जनले ओगटे। दुवैजनाले १,५०० रुपैयाँ पुरस्कार प्राप्त गरे।

 

प्रतियोगितामा विभिन्न उमेर समूह तथा खेलाडी तहअनुसार छुट्टाछुट्टै पुरस्कार पनि वितरण गरियो।

 

बालक र किशोरतर्फ

 

अण्डर-१० मा प्रथम स्थान रहेर एल्बिक अधिकारीले १,५०० रुपैयाँ हाता पारे भने अभियान राई दोस्रो हुदै १,००० रुपैयाँ जित्न‌ सफल भ‌ए।

 

अण्डर-१२ मा प्रथम स्थान रहेर सत्यम पाठकले १,५०० रुपैयाँ हाता पारे भने मिशन पराजुली दोस्रो हुदै १,००० रुपैयाँ जित्न‌ सफल भ‌ए।

 

अण्डर-१४ मा प्रथम स्थान रहेर हर्ष वर्धन राठीले १,५०० रुपैयाँ हाता पारे भने श्रीव्यास दहाल दोस्रो हुदै १,००० रुपैयाँ जित्न‌ सफल भ‌ए।

 

 

महिला तर्फ कुशुम घिसिङले उत्कृष्ट महिला खेलाडीको पुरस्कार १,५०० रुपैयाँ जितिन् भने पुनम प्रसाईले दोस्रो स्थानसहित १,००० रुपैयाँ प्राप्त गरिन्।

 

 

१७०० भन्दा कम रेटिङ भएका खेलाडीमा प्रथम स्थान रहेर तिर्थमान श्रेष्ठले १,५०० रुपैयाँ हाता पारे भने सन्देश श्रेष्ठले दोस्रो हुदै १,००० रुपैयाँ जित्न‌ सफल भ‌ए।

 

 

पविलियन्स चेस एकेडेमीतर्फ सजल न्यौपाने (प्रथम स्थान – १,५०० रुपैयाँ) ऋत्विक श्रेष्ठ (दोस्रो स्थान – १,००० रुपैयाँ)

 

 

अनरेटेड खेलाडी तर्फ विनय थापा उत्कृष्ट अनरेटेड घोषित भएर १५०० जित्न सफल भए जसमा हृदय मरासनीले दोस्रो स्थानसहित १,००० रुपैयाँ पाए।

 

 

यस प्रतियोगिताले विविध पृष्ठभूमिका खेलाडीहरूलाई समेट्दै समावेशी ढाँचाको सन्देश दिएको आयोजक समितिले जनाएको छ भने प्रतियोगिता सम्पन्न‌ गर्न ललितपुर ७,८ र २० ले आर्थिक एवं विविध सहयोग गरेको थियो।

 

उत्कृष्ट व्यवस्थापन र प्रतिस्पर्धात्मक खेलका लागि प्रतियोगिताले सकारात्मक चर्चा बटुल्दै आगामी दिनमा यस्ता प्रतियोगिताहरूलाई अझै स्तरीय ढंगले आयोजनाको प्रतिबद्धता आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास