पाल्पालीको गौरवमय कीर्तिमान: अर्जुन थापा मगरद्वारा सगरमाथा आरोहण

तानसेन, पाल्पा — २२ मे २०२५

__________ बिज्ञापन____________

विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाल्पालीको साहसले नयाँ कीर्तिमान कायम गरेको छ। पाल्पा तानसेन नगरपालिका–७ काजिपौवाका अर्जुन थापा मगरले २०८२ जेठ ८ गते बिहान ३:१८ बजे सगरमाथा (८,८४८.८६ मिटर) सफलतापूर्वक आरोहण गर्न सफल भएका छन्।

भारतीय सेनामा कार्यरत थापा मगरको यो सफल आरोहणले पाल्पा जिल्ला मात्र होइन, सम्पूर्ण नेपालीहरूको शिर गर्वले उचो बनाएको छ। कठिन परिस्थितिहरू, शून्य डिग्रीको तापक्रम र अक्सिजनको कमीबीच उनले देखाएको साहस, आत्मबल र धैर्य प्रशंसनीय छ।

उनको यो उपलब्धिलाई लिएर तानसेनमा हर्षको लहर छ। स्थानीय निकाय, संघसंस्था तथा आम नागरिकहरूले उनलाई बधाई तथा शुभकामनाहरू दिइरहेका छन्। अर्जुन थापा मगरको नाम अब सगरमाथा आरोहण गर्ने साहसी पाल्पालीको रूपमा दर्ज हुनेछ।

उनको यो सफलताको समाचारले भविष्यमा अन्य युवाहरूलाई पनि हिमाली अभियानतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ। नेपाल र नेपालीका लागि गौरवको क्षण र प्रेरणाको स्रोत बनेका अर्जुन थापा मगरलाई हार्दिक बधाई!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर