सुजन पराजुली इन्टरटेनमेन्टको नयाँ गीत ‘खरबारीमा खर छैन’ सार्वजनिक, अल्प समयमा उल्लेख्य प्रतिक्रिया

गल्छी खबर  । सुजन पराजुली इन्टरटेनमेन्टले सार्वजनिक गरेको नयाँ नेपाली गीत ‘खरबारीमा खर छैन’ श्रोतामाझ राम्रो चर्चा बटुलिरहेको छ। पछिल्ला दिनमा युट्युबमा सार्वजनिक गरिएको गीतले छोटो समयमा नै २,७८,६८८ भ्युज र ६९२ लाइक्स प्राप्त गर्दै लोकप्रियतामा जमेको छ।

__________ बिज्ञापन____________

गीतमा गायक सुजन पराजुली, चोलन्द्र पौडेल र समीक्षा अधिकारीको स्वर रहेको छ। गीतका शब्द तथा संगीत चोलन्द्र पौडेलकै हुन्।
अडियोतर्फ कृष्ण केसीले एरेन्ज, कमल थापा र गोविन्द अनेकले रेकर्डिङ तथा श्याम स्वेत रसाइलीले मिक्स–मास्टरीको जिम्मा सम्हालेका छन्। गीतको अडियो निर्माण प्रिज्मा स्टुडियोमा सम्पन्न भएको हो।

भिडियोमा कलाकार विजय पुन र आरुसी मगरको अभिनय समावेश गरिएको छ। भिडियोका लागि कबिन खड्काले मेकअप, सुनील भण्डारीले छायांकन, राजाराम सिम्खडाले कोरियोग्राफी र अमृत चापागाईंले सम्पादन तथा कलर गरेका छन्। भिडियोको निर्देशन प्रेम थापाले गरेका हुन्।

मोसमी प्रेमकथालाई केन्द्रमा राखेर तयार गरिएको गीतले दृश्य र संगीत दुवैमा सन्तुलित प्रस्तुती दिएको भन्दै दर्शकले प्रशंसा गरेका छन्।
सुजन पराजुली इन्टरटेनमेन्टमार्फत सार्वजनिक गीतले पछिल्लो समय नेपाली संगीत बजारमा थप बहस र आकर्षण सिर्जना गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर