१७ वर्ष समूहमा अंकित पौडेलको दबदबा, सबै खेलमा विजयी

१८ मंसिर, काठमाडौं। दोस्रो ट्रङ्ग्राम अन्तर्राष्ट्रिय अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन १७ वर्ष समूहतर्फ श्री रत्नराज्यलक्ष्मी सेकेण्डरी स्कूलका अंकित पौडेल उत्कृष्ट प्रदर्शन गर्दै प्रतिस्पर्धामा एकल अग्रता कायम गरेका छन्। पौडेलले लगातार छ खेलमा जित दर्ता गर्दै ६ अंक जोड्न सफल भएका हुन्।

__________ बिज्ञापन____________

 

बुढानिलकण्ठस्थित विद्यालय प्राङ्गणमा जारी प्रतिस्पर्धामा हिमालयन चेस एकेडेमीका आशिर्वाद थापा ५.५ अंकसहित दोस्रो स्थानमा उक्लिएका छन्। त्यस्तै डिएभी स्कूलका हर्षवर्धन राठी, मिनिल्याण्ड इङ्गलिस स्कुलका रिदिप सिम्खडा, बागेश्वरी सेकेण्डरीका सन्देश बरुवाल, ट्रंवेल शान्ति पाठशालाका सूर्यांशु कोइराला, मातृभूमि स्कूलका सबिद प्रजापति, नाइटिङ्गेल स्कूलका सुभनदिप थापा र हिमालयन चेस एकेडेमीका अनमोल राई समान ५–५ अंक जोड्दै संयुक्त तेस्रो स्थानमा उभिएका छन्।

 

त्यसैगरी, १३ वर्ष समूहतर्फ सूर्योदय सेकेण्डरी बोर्डिङ्ग स्कूलका अग्रिम सैंजु, ग्लोबल एजुकेशन एकेडेमी दमकका श्रीयांश चौलागाईं, भारतका बग्रि कुशल र पुष्पसदन स्कूलका हार्दिक पन्त समान ५ अंकसहित संयुक्त पहिलो स्थानमा रहेका छन्।

 

१० वर्षमुनि समूहमा भारतीय हजे लउड स्कूलका मानस र नेपाली बालविकास इङ्गलिस स्कूलका हृदय बस्नेतले ५–५ अंक जोड्दै अग्रस्थान बाँडेका छन्। लाबोरेटोरि सेकेण्डरी स्कूलका अंकित पोखरेल ४.५ अंकसहित दोस्रो स्थानमा छन् भने डाइनामिक चेस एकेडेमी झापाका अक्षांश घिमिरेसहित १० खेलाडी ४–४ अंक जोड्दै संयुक्त तेस्रो स्थानमा परेका छन्।

 

युवा १७ वर्ष छात्रातर्फ नेपालका सनम श्रेष्ठ र श्रेषा दुवालले ४.५ अंकसहित संयुक्त अग्रता बनाएका छन्। प्रज्ञा पन्त र जोत्सना महर्जन ४–४ अंक जोड्दै दोस्रो स्थानमा छन्।

१३ वर्ष छात्रा समूहमा मार्वलस स्कूलकी निहाना श्रेष्ठ ५ अंक जोड्दै एकल अग्रता कायम राखेकी छन्। सोही विद्यालयकी सुहानी सिंह ४.५ अंकसहित दोस्रो स्थानमा छिन्। ग्लोबल एजुकेशन एकेडेमी दमककी प्रविशा दवाडीसहित अन्य छ खेलाडी ४ अंकसहित संयुक्त तेस्रो स्थानमा रहेका छन्।

 

टंग्राम इन्टरनेशनल एकेडेमीद्वारा आयोजित प्रतियोगितामा ५०४ जना विद्यार्थी खेलाडी सहभागी छन्। तीन दिनसम्म चल्ने प्रतियोगिताका विजेताहरूलाई अन्तिम दिन शुक्रबार ३ लाख रूपैयाँसहित विभिन्न पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास