तुल्सीलाल स्मृति चेसमा महालक्ष्मी नगरपालिका अगाडी 

२२ मंसिर, ललितपुर। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा सञ्चालन भइरहेको ८ औं तुल्सीलाल स्मृति टिम चेस खेल दोस्रो दिन ललितपुर महालक्ष्मी नगरपालिकाको टिमले पूर्ण अंक जोडेर अग्रस्थानमा रहन सफल भएका छन्।

__________ बिज्ञापन____________


महालक्ष्मी नगरपालिकाको चेस टिमले पहिलो चरणमा पूर्वेली ब्रदर्श टिमलाई ४-० ले पञ्छाएका थिए भने दोस्रो खेलमा पेभिलियन चेस एकेडेमी माथि ४-० को जीत नतिजा आत्मसाथ गरेका छन्।
महालक्ष्मीका एफएम क्षितिज भण्डारीले गणेशबहादुर थापा र प्रत्युस श्रेष्ठलाई, सुरोज महर्जनले कविन्द्र शिवाकोटी र सोहम श्रेष्ठलाई, अशोक मोहन श्रेष्ठले प्रेम खड्का र अंकुर पोखरेल द्वयलाई पराजित गरेका छन्।


महालक्ष्मीकै शैलेन्द्र न्यौपानेले श्रीयस दाहाल र कमल श्रेष्ठले गगन लावती माथि जीत दर्तागरि टोलीको ४ अंक बनाएर टाइब्रेक प्वाइन्ट ८ जोडी शीर्ष स्थानमा कब्जा जमाएका छन्।
यस्तै साबिक बिजेता थापाथली चेस पार्कले समान ४ अंक टाइब्रेक प्वाइन्ट ७.५ जोडेर दोस्रो स्थान सुरक्षित गरेका छन्। पार्कले पहिलो चरणमा सुदूरपश्चिम चेस संघलाई ४-० तथा कास्की जिल्ला संघलाई ३.५ – ०.५ ले पञ्छाएका छन्।


थापाथली टिमका सुश्रुत दहालले महेश खड्का र सुनिल बहादुर कोइरालालाई, आशिष फुयालले भीमदत्त पाण्डे र सुशील सुवेदीलाई, सबिन चन्द्र घिमिरेले जित बहादुर कक्षपति र सागर शाहीलाई हराउन सफल भएका छन्। पार्कका सुजन काफ्लेले शिवप्रसाद पौडेल माथि जीत दर्ता गर्दै राजन पुरि सँग बराबरी खेलेका छन्।

यसैगरी ललितपुर महानगरपालिका टिमले ४ अंक जोडेर टाइब्रेक ७ प्वाइन्टका आधारमा तेस्रो स्थान सुरक्षित गरेका छन्।
ललितपुर महानगरपालिका टोलीले पहिलो चरणमा भक्तपुर जिल्ला संघलाई ३-१ तथा दोश्रो चरणमा आयोजक ललितपुर स्पोर्ट्स क्लबलाई ४-० ले पराजित हराउन सफल भए।

महानगरपालिकाका सिएमए पुरुषोत्तम सिलवालले विनय थापा र अमिन शाक्यलाई, प्रकाशचन्द्र नेपालले झिल्के मोक्तान र सानोभाइ महर्जनलाई, मोहन नरसिंह श्रेष्ठले अभय सिंह थापा र रत्न व्यञ्जनकारलाई पराजित गरे ।

महानगरका धिरेन राईले विजय महर्जनलाई पराजित गरेका छन् भने सकिन महर्जन अभिक साहसँग हार ब्यहोरेका छन्।
प्रतिस्पर्धामा दोलखा जिल्ला संघले समान ४ अंक जोडेर टाइब्रेक ६.५ प्वाइन्टका आधारमा चौथो स्थानमा रहे भने दोलखा चेस होम्स् ४ अंक टाइब्रेक ५ प्वाइन्टका आधारमा पाँचौं स्थानमा छन्।

दोलखा जिल्ला संघले कोशी प्रदेशलाई ४-० तथा मध्यपुर थिमिलाई २.५ – १.५ स्कोरमा हराए भने दोलखा होम्सले गोदावरी नगरपालिकलाई कठिन २.५ – १.५ तथा काठमाडौं जिल्ला संघलाई २.५ – १.५ स्कोरमा पराजित गरेका छन्।

ललितपुरको कुमारी पाटी स्थित क्यास्पियन भ्याली कलेजमा संचालन भइरहेको प्रतियोगितामा विजेता टिमले २ लाख , उपविजेता टिमले १ लाख तेस्रो र चौथोले क्रमशः ६० हजार ४० हजार पुरस्कार हात पार्ने छन् भने पाँचौ देखि सातौं सम्म हुने प्रत्येक टिमले २५/२५ हजार पाउने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास