तुल्सीलाल चेसमा तिन टोलीको उपाधि दाबी

२३ मंसिर, ललितपुर। ललितपुरमा जारी ८ औं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप चौथौं चरण सम्मको खेलमा महालक्ष्मी नगरपालिका, ललितपुर महानगरपालिका र दोलखा बुद्धिचाल संघले उपाधि माथि दाबि प्रस्तुत गरेका छन्।

__________ बिज्ञापन____________

प्रतियोगिताको चार चरण खेल सम्पन्न हुँदा शीर्ष तिन टोलीले समान ३ जीत र एक बराबरी नतिजा निकाल्दै समान ७ अंक बनाएका छन्।

महालक्ष्मी नगरपालिकाले प्रतिस्पर्धाको तेस्रो चरणमा कुमारी पाटी चेस क्लबलाई ४-० ले पाखा लगाए । जसमा क्षितिज भण्डारीले भवानी लिम्बुलाई, सुरोज महर्जनले सोम आलेलाई, शैलेन्द्र न्यौपानेले रे राईलाई तथा अशोक मोहन श्रेष्ठले टिमोन राईलाई हराएका थिए।

यस्तै चौथो खेलमा ललितपुर महानगरपालिका टिमसँग २-२ स्कोरको बराबरी खेलेका छन्। जसमा सुरोज महर्जनले प्रकाशचन्द्र नेपाललाई तथा कमल श्रेष्ठले सिएमए सजिन महर्जनलाई पराजित गरेका छन् । टोलिमा क्षितिज भण्डारी पुरुषोत्तम सिलवालसँग, शैलेन्द्र न्यौपानेले मुहान नरसिंह श्रेष्ठसँग हार ब्यहोरेका छन्।

यसैगरी ललितपुर महानगरपालिका टिमले महालक्ष्मी नगरपालिका सँग बराबरी खेल्नु पूर्व थापाथली चेस पार्कलाई ३.५-०.५ स्कोरले पराजित गर्न सफल भएका थिए।

जसमा पुरुषोत्तम सिलवालले सुश्रुत दाहाललाई, महानरसिंह श्रेष्ठले सबिनचन्द्र घिमिरेलाई तथा धिरेन राईले सुजन काफ्लेलाई पराजित गरे भने प्रकाश चन्द्र नेपाल र सुशील चौधरी बीचको खेल बराबरीमा टुंगिएको थियो।

अर्को शीर्ष टोलि दोलखा जिल्ला संघले तेस्रो चरणमा दोलखा चेस होम माथि २.५-१.५ को विजयी नतिजा निकाल्न सफल भएका छन्।

जसमा निकेन कुसाथाले ज्वाला इम्बुङ्गलाई, बद्रीलाल नेपालीले राजन सुबेदीलाई हराए। कृष्ण थापा र पुरुषोत्तम चौलागाईको खेल बराबरीमा टुङ्गिए भने रिसोन थापा चैं रुपेश जैसवालसँग हार्न पुगे।

यस्तै चौथो खेल थापाथली चेस पार्कसंग २-२ को बराबरी नतिजा निकालेका छन्। जसमा रिसोन थापाले सुश्रुत दाहाललाई, कृष्ण थापाले सुशील चौधरीलाई हराए भने निकेनले आशीष फूँयाल संग र बद्रीले सबिनचन्द्र घिमिरेसँग पराजित हुन पुगे।

स्पर्धामा कोशी प्रदेश बुद्धिचाल संघ र दोलखा चेस होम्स् समान ६ अंक जोडेर चौथो तथा पाँचौं स्थानमा उभिएका छन्। यस्तै थापाथली चेस पार्क र सुदुरपश्चिम चेस संघ समान ५ अंक बनाएर पछ्याइरहेका छन्।

प्रतियोगिताका विजयी टिमहरुले नगद ५ लाख १० हजार पुरस्कार बाँडेर लिने छन् ।यो प्रतिस्पर्धा २५ गते सम्म चल्नेछ भने ७ चरणको लिग खेल पश्चात विजयी टोली घोषित हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास