राष्ट्रपति रनिङ शिल्डमा राइजिङ भिलेजको दबदबा

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक ल्याउन सफल तेक्वान्दो खेल यसपटक गल्छी गाउँपालिकाले खेलाएन।

गल्छी (धादिङ)। गल्छी गाउँपालिकाको आयोजनामा यही पुस १० गते देखि १३ गतेसम्म सञ्चालन भएको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि द राइजिङ भिलेज इङ्गलिस स्कुलले जितेको छ। उक्त विद्यालयले लगातार दुई पटकसम्म राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्दै आफ्नो वर्चस्व कायम राखेको हो।

__________ बिज्ञापन____________

गल्छी गाउँपालिका–६ मा अवस्थित उक्त विद्यालयले ९ स्वर्ण, ६ रजत र ३ कास्य गरी कुल १८ पदक हात पार्दै प्रतियोगितामा शीर्ष स्थान हासिल गरेको हो।

 

प्रतियोगितामा गल्छी गाउँपालिका–६ कै सक्सेस एकेडेमीले ६ स्वर्ण, २ रजत र २ कास्य गरी १० पदक जित्दै दोस्रो स्थानमा चित्त बुझाएको छ। त्यसैगरी गल्छी गाउँपालिका–५ स्थित अमन्तादेवी माध्यमिक विद्यालयले ५ स्वर्ण, ५ रजत र ९ कास्य गरी कुल १९ पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ।

गल्छी गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत गरी १५ विद्यालय सहभागी प्रतियोगितामा एथलेटिक्स, दौड, भलिबल, कबड्डी लगायतका खेल विधा समावेश गरिएको थियो। प्रतियोगितामा ३० स्वर्ण, ३० रजत र ३० कास्य गरी जम्मा ९० पदक वितरण गरिएको आयोजकले जनाएको छ।

 

यद्यपि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक ल्याउन सफल तेक्वान्दो खेल यसपटक गल्छी गाउँपालिकाले खेलाएन। तेक्वान्दो विधा समावेश नगरिँदा उक्त खेलका खेलाडी सहभागी हुन नपाएको गुनासोसमेत उठेको छ।

समापन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक तथा नैतिक विकासमा महत्वपूर्ण योगदान दिने बताए। विद्यालय तहबाटै खेलकुदको प्रवर्द्धन गरी भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्न गाउँपालिका प्रतिबद्ध रहेको उनले उल्लेख गरे।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भाईकाजी तिवारी, प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलाल, विभिन्न वडाका वडा अध्यक्ष, जनप्रतिनिधि, शिक्षा शाखाका कर्मचारी, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास