गल्छी–८ बालमैत्री वडा घोषणा, ५१ सूचक पूरा

बालअधिकार संरक्षण, शिक्षा, स्वास्थ्य र सहभागितामा उल्लेखनीय उपलब्धिसहित वडा घोषणा

गल्छी, पुस २६ – धादिङको गल्छी गाउँपालिका वडा नम्बर ८ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ आयोजित विशेष कार्यक्रममा वडा नम्बर ८ लाई औपचारिक रूपमा बालमैत्री वडा घोषणा गरिएको हो।

__________ बिज्ञापन____________

गल्छी गाउँपालिका र वडा कार्यालयको समन्वयमा आज वडा नम्बर ८ को गोगनपानीमा आयोजित कार्यक्रममा स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले निर्धारण गरेका ५१ वटा सूचक पूरा गरेपछि वडा नम्बर ८ लाई बालमैत्री वडा घोषणा गरिएको प्रमाणपत्र प्रदान गरिएको हो। बालअधिकार संरक्षण, बालविवाह न्यूनीकरण, बालश्रम अन्त्य तथा बालबालिकाको शिक्षा, स्वास्थ्य र सहभागितामा उल्लेखनीय उपलब्धि हासिल भएकाले वडा घोषणा गरिएको जनाइएको छ।

घोषणा कार्यक्रम वडा नम्बर ८ का वडा अध्यक्ष विशाल लुङ्गेली मगरको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री माननीय कञ्चन चन्द्र बादे प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। विशेष अतिथिमा बागमती प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य मधुकुमार, गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा र उपाध्यक्ष भाइकाजी तिवारी रहनुभएको थियो।

कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक तथा बालबालिकाको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले बालमैत्री वातावरण निर्माणले बालबालिकाको समग्र विकास, सुरक्षित भविष्य र सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग र सहकार्यको प्रतिबद्धता व्यक्त गरेका थिए।

 

फोटो : आशिष ठकुरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास