गल्छीमा भू–मण्डलीय नागरिक शिक्षा तथा जलवायु परिवर्तनसम्बन्धी सचेतनात्मक कार्यक्रम सम्पन्न

जलवायु परिवर्तनका असर, न्यूनीकरणका उपाय र भू–मण्डलीय नागरिक शिक्षामार्फत शान्ति, सहअस्तित्व र दिगो भविष्य निर्माणमा जोड दिइएको छ।

धादिङ, गल्छी पौष २८ । भू-मण्डलीय नागरिक शिक्षा तथा जलवायु परिवर्तनसम्बन्धी सचेतनात्मक कार्यक्रम गल्छी गाउँपालिकामा सम्पन्न भएको छ। “मानव मस्तिष्कमा शान्तिको बीजारोपण गरौँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोग, सिंहदरबार काठमाडौंको आयोजनामा तथा गल्छी गाउँपालिकाको समन्वयमा सञ्चालन गरिएको हो।

__________ बिज्ञापन____________

कार्यक्रममा सचिवालय सदस्य डा. दिव्या दवाडीको अध्यक्षता रहेको थियो भने गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। प्रमुख अतिथि खतिवडाले कार्यक्रमलाई सम्बोधन गर्दै जलवायु परिवर्तन आजको गम्भीर विश्वव्यापी चुनौती भएको उल्लेख गर्दै स्थानीय तहबाटै सचेतना, शिक्षा र व्यवहारगत परिवर्तन आवश्यक रहेको तथा वातावरणमैत्री व्यवहार अपनाउन आवश्यक रहेको साथै, नागरिक शिक्षा र सचेतनामार्फत भावी पुस्तालाई जिम्मेवार र संवेदनशील बनाउनु आजको आवश्यकता भएको धारणा व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थी, शिक्षक र समुदायमा सकारात्मक सोच विकास गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमका संचालक तथा प्रशिक्षक दिपक भण्डारीले जलवायु परिवर्तनका कारण, असर र न्युनिकरणका उपायबारे प्रशिक्षण दिनुभएको थियो। उहाँले हरितगृह ग्यासको उत्सर्जन घटाउने, सार्वजनिक यातायातको प्रयोग, नवीकरणीय ऊर्जाको प्रवर्द्धन, स्थानीय स्रोत-साधनको संरक्षण र समुदायस्तरको सहभागिताले जलवायु संकट न्यूनीकरणमा योगदान पुग्ने स्पष्ट पार्नुभयो।

त्यसैगरी प्रशिक्षक डा. दिव्या दवाडीले युनेस्कोले गर्दै आएको काम-कर्तव्य, यसको मुख्यालय फ्रान्सको पेरिसमा रहेको तथा १९५ राष्ट्र युनेस्कोमा सहभागी रहेको जानकारी दिनुभयो। उहाँले भू-मण्डलीय नागरिक शिक्षा मार्फत शान्ति, सहअस्तित्व, मानव अधिकार, वातावरण संरक्षण र दिगो विकासको चेतना विस्तार गर्न सकिने विषयमा प्रशिक्षण प्रदान गर्नुभयो।

सचेतनात्मक कार्यक्रममा सामाजिक विकास समिति संयोजक, शिक्षा शाखा संयोजक, सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, बालकक्षा सहजकर्ता, पत्रकार, स्थानीय युवा, स्नातक तथा माध्यमिक तहमा अध्ययनरत विद्यार्थी, स्थानीय क्लब तथा सामुदायिक सिकाइ केन्द्रका परिचालकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमले वैश्विक नागरिक शिक्षा र पृथ्वीमा भइरहेको जलवायु परिवर्तनप्रतिको बुझाइ अभिवृद्धि गर्दै स्थानीय तहबाटै समाधानका उपाय अपनाउन प्रेरणा दिएको सहभागीहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास