यू–१४ अन्तरविद्यालय ह्यान्डबल प्रतियोगिता सफलतापूर्वक आयोजना गर्ने पाँच युवा सम्मानित

पोखरा। सु–शान्त परिवारको आयोजनामा सम्पन्न गण्डकी प्रदेशस्तरीय यू–१४ अन्तरविद्यालय ह्यान्डबल प्रतियोगिता सफलतापूर्वक व्यवस्थापन गरेको योगदानको कदर गर्दै पाँच जना युवा आयोजकलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीले सम्मान गरेका छन्।

__________ बिज्ञापन____________

 

सम्मानित हुनेहरूमा क्लबका अध्यक्ष तथा कार्यक्रम निर्देशक परिबेश थापा, कार्यक्रम होस्ट तथा सचिव सुदर्शन कोइराला, कोषाध्यक्ष बिग्यान क्षेत्री, सदस्य आयुष शर्मा तथा उप–सचिव चिरन थापा रहेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्रीले विद्यालय तहबाट खेलकुदको विकासमा युवाले देखाएको नेतृत्व र प्रतिबद्धता प्रशंसनीय रहेको बताए। उनले सीमित स्रोतसाधनका बाबजुद पनि प्रतियोगितालाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्नु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे।

सु–शान्त परिवारको संयोजनमा सम्पन्न प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट आएका यू–१४ उमेर समूहका विद्यालय टिमहरूको सहभागिता रहेको थियो। प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना विकास गर्नुका साथै प्रदेशस्तरमा ह्यान्डबल खेलको प्रवर्द्धनमा टेवा पुर्‍याएको आयोजकले बताएका छन्।

 

कार्यक्रममा प्रदेश सरकारका पदाधिकारी, खेलकुद संघका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सम्मानित युवाहरूले आगामी दिनमा पनि विद्यालय केन्द्रित खेलकुद गतिविधि निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

प्रदेश सरकारले यस्ता युवा नेतृत्वमा सम्पन्न खेलकुद कार्यक्रमहरूलाई आगामी दिनमा थप प्रोत्साहन गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास