एसईई २०८२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को परीक्षा तालिका सार्वजनिक गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार परीक्षा चैत १९ गतेदेखि चैत २६ गतेसम्म सञ्चालन हुनेछ।

__________ बिज्ञापन____________

बोर्डका अनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। तालिकाअनुसार चैत १९ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ भने चैत २० गते अनिवार्य नेपाली विषयको परीक्षा लिइनेछ।

यसैगरी, चैत २२ गते अनिवार्य गणित, चैत २३ गते विज्ञान, चैत २४ गते सामाजिक अध्ययन विषयको परीक्षा तोकिएको छ। चैत २५ गते वैकल्पिक विषय प्रथम (Optional I) र चैत २६ गते वैकल्पिक विषय द्वितीय (Optional II) को परीक्षा हुने बोर्डले जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्डले सम्पूर्ण विद्यार्थीलाई तोकिएको समयमै परीक्षा केन्द्रमा उपस्थित हुन र परीक्षा मर्यादित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गर्न आग्रह गरेको छ। बोर्डले परीक्षा सम्बन्धी थप जानकारी र अपडेटहरू आधिकारिक माध्यमबाट प्राप्त गर्न समेत अनुरोध गरेको छ।

#photo AI/Sandip Prasad Ghimiray

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर