पोखरामा ३ दिने विन्टर चेस क्याम्प सफलतापूर्वक सम्पन्न

पोखरास्थित मदरल्याण्ड सेकेन्डरी स्कुलमा आयोजना गरिएको ३ दिने विन्टर चेस क्याम्प सफलतापूर्वक सम्पन्न भएको छ। मदरल्याण्ड चेस क्लबको आयोजनामा सञ्चालन भएको उक्त क्याम्प तीनै दिन बिहान १०:०० बजेदेखि दिउँसो ३:३० बजेसम्म सञ्चालन गरिएको थियो।

__________ बिज्ञापन____________

क्याम्पमा सहभागी विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अनुभवी चेस खेलाडी तथा प्रशिक्षकहरूबाट गुणस्तरीय प्रशिक्षण प्राप्त गरे। प्रशिक्षण दिने टोलीमा एसिया ओपन प्रतियोगिताको पाँचौं स्थान प्राप्त खेलाडी, लाइसेन्स प्राप्त राष्ट्रिय निर्णायक (National Arbiter), अन्तर्राष्ट्रिय U–20 वर्गमा तीन पटक स्वर्ण पदक विजेता खेलाडी, नेपालका नम्बर १ चेस स्ट्रिमर तथा चेससँग सम्बन्धित विभिन्न सीपमा दक्ष अन्य प्रशिक्षकहरू सहभागी थिए।

 

क्याम्पको विशेष आकर्षणका रूपमा डेमो चेस बोर्ड, ठूलो डिजिटल टिभी स्क्रिन, तथा प्रोजेक्सन बोर्ड प्रयोग गरी प्रशिक्षण प्रदान गरिएको थियो। यस प्रविधिमार्फत चालहरूको प्रत्यक्ष प्रदर्शन, खेल विश्लेषण तथा रणनीति सिकाइएकाले सहभागी विद्यार्थीहरूलाई विषयवस्तु बुझ्न अझ सहज र प्रभावकारी भएको आयोजकले जनाएको छ।

 

क्याम्पको अवधिमा विद्यार्थीहरूलाई चेसका आधारभूत तथा उन्नत रणनीति, ओपनिङ सिद्धान्त, ट्याक्टिक्स, एन्डगेम अभ्यास, खेल विश्लेषण तथा मैत्रीपूर्ण अभ्यास खेलहरू गराइयो। यसले सहभागीहरूमा तार्किक सोच, धैर्य, अनुशासन र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुगेको बताइएको छ।

 

कार्यक्रम सफल बनाउन मदरल्याण्ड सेकेन्डरी स्कुल, शिक्षक वर्ग, अभिभावक तथा सम्पूर्ण सहभागी विद्यार्थीहरूको उल्लेखनीय भूमिका रहेको आयोजकले धन्यवादसहित प्रशंसा गरेको छ।

 

कार्यक्रम समापन समारोहमा बोल्दै क्लबका अध्यक्ष परिबेश थापाले आगामी दिनहरूमा यस्ता प्रशिक्षण क्याम्पसँगै विभिन्न स्तरका चेस प्रतियोगिता तथा च्याम्पियनसिपहरू आयोजना गर्ने योजना रहेको जानकारी दिनुभयो। यस्ता कार्यक्रममार्फत पोखरामा चेस खेलको स्तर उकास्ने र नयाँ प्रतिभा उत्पादन गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो।

 

यस विन्टर चेस क्याम्पले पोखरामा चेस खेलप्रति विद्यार्थीहरूको रुचि अझ बढाएको र स्थानीय स्तरमा चेसको विकासमा सकारात्मक प्रभाव पारेको विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास