धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन

कृषि, पर्यटन, जलस्रोत तथा उद्योग प्रवर्द्धनमा केन्द्रित महोत्सवमा विविध सांस्कृतिक तथा व्यापारिक कार्यक्रम समावेश हुनेछन्।

धादिङ । धादिङ जिल्लाको दीगो विकास र आर्थिक समृद्धिलाई लक्ष्य गर्दै १०औँ धादिङ महोत्सव–२०८२ आयोजना हुने भएको छ। महोत्सव माघ १५ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ।

__________ बिज्ञापन____________

“धादिङको दीगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ महोत्सव आयोजना गर्न लागिएको हो।

महोत्सवको उद्घाटन माघ १५ गते बिहान ११ बजे नीलकण्ठ नगरपालिका–३, धादिङबेसीमा हुने आयोजकले जनाएको छ। उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल प्रमुख अतिथिका रूपमा सहभागी हुने छन्।

धादिङ उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवले जिल्लामा कृषि, उद्योग, पर्यटन तथा जलस्रोतको प्रवर्द्धन, स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, रोजगारी सिर्जना गर्ने र समग्र आर्थिक गतिविधि बढाउने लक्ष्य लिएको छ।

संघका अध्यक्ष रामकुमार डल्लाकोटीले सबै व्यवसायी, किसान, युवा तथा आम नागरिकलाई महोत्सवमा सहभागी भई सफल बनाउन आग्रह गरेका छन्।

महोत्सवमा सांस्कृतिक कार्यक्रम, कृषि तथा औद्योगिक प्रदर्शनी, व्यापारिक स्टल, स्थानीय परिकार, मनोरञ्जनात्मक कार्यक्रम लगायतका विविध आकर्षण रहने आयोजकले जनाएको छ।

धादिङको पहिचान, उत्पादन र सम्भावनालाई एकै ठाउँमा चिनाउने यो महोत्सव जिल्लाको आर्थिक विकासका लागि महत्वपूर्ण अवसर बन्ने विश्वास आयोजक पक्षको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर