धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

धादिङ – धादिङको थाक्रे गाउँपालिका–६ दशकिला स्थित पृथ्वी राजमार्गमा आइतबार बिहान दुई वटा यात्रुबाहक बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

__________ बिज्ञापन____________

प्रहरीका अनुसार दाङबाट काठमाडौँतर्फ आउँदै गरेको प्र ३-०१-००६ ख १५५२ नम्बरको बस र काठमाडौँबाट रसुवातर्फ जाँदै गरेको बा प्र ०१-००६ ख ५२०८ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। बसहरू ठोक्किएपछि सडकछेउमा रहेको टिनले छाएको खाजा पसलमा समेत ठोक्किँदा थप क्षति पुगेको छ।

दुर्घटनाका क्रममा सोही पसलमा चिया-नास्ता गरिरहेका धुनिवेशी नगरपालिका–९ स्याउले बस्ने ३५ वर्षीय टिप्पर चालक सुजन तामाङ गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दहालले जानकारी दिनुभयो।

दुर्घटनामा खाजा पसलका सञ्चालक बाँके जिल्ला वैजनाथ गाउँपालिका-१ घर भई हाल सोही स्थानमा बसोबास गर्दै आएका ५४ वर्षीय खगेश्वर शर्मा घाइते भएका छन्। उनको खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको जनाइएको छ।

यस्तै, काठमाडौँबाट रसुवातर्फ जाँदै गरेको बसमा सवार गल्छी घर बताउने ८ वर्षीया सफलता पुलामी मगर सामान्य घाइते भएकी छन्।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय खानीखोला धादिङ तथा प्रहरी चौकी महादेववेशीबाट ट्राफिकसहितको प्रहरी टोली घटनास्थलमा खटिई घाइतेहरूको उद्धार तथा उपचारको व्यवस्था गरिएको थियो। दुर्घटनामा संलग्न दुवै बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर