धादिङ, गल्छी खबर — गल्छी गाउँपालिका बजार व्यवस्थापन समिति गठन गरिएको छ । समितिका ज्येष्ठ सदस्य राम कुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित समितिको अध्यक्षमा संजय श्रेष्ठ, उपाध्यक्षमा उमा सिखडा नेपाल, सचिवमा हरि प्रसाद अधिकारी तथा कोषाध्यक्षमा चन्द्रावती खतिवडा खड्का चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा राम कुमार कार्की, इन्दिरा भण्डारी, रामचन्द्र गौतम, कविता भण्डारी तिवारी, शिव बहादुर राना तथा दीपक तामाङ रहनुभएको छ ।
समिति गठन कार्यक्रममा गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा तथा उपाध्यक्ष भाइकाजी तिवारीको समेत उपस्थिति रहेको थियो ।
गाउँपालिकाका उपाध्यक्ष संरक्षक रहने गरी गठन गरिएको नवनिर्वाचित समितिले १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा दर्ता प्रक्रिया पूरा गरी बजार व्यवस्थापन, सरसफाइ, व्यवसायी समन्वय तथा बजारको व्यवस्थित विकासका लागि सक्रिय रूपमा काम गर्ने जनाएको छ ।