धादिङ – पतञ्जली योग समिति धादिङ, महिला पतञ्जली योग समिति धादिङ र युवा नेपाल समिति धादिङको संयुक्त आयोजनामा जिल्ला सम्मेलन तथा चौथो अधिवेशन हुने भएको छ।
आयोजकका अनुसार उक्त कार्यक्रमले जिल्लाभरिका योग साधक–साधिका तथा योगप्रेमीहरूलाई एकत्रित गर्दै योगको प्रवर्द्धन, स्वस्थ जीवनशैलीको विकास र संस्थागत सुदृढीकरणमा टेवा पुर्याउने उद्देश्य राखेको छ।
कार्यक्रम वि.सं. २०८३ साल बैशाख २२ गते मंगलबार धादिङको नीलकण्ठ नगरपालिका सिटी हलमा आयोजना हुनेछ। बिहान ११:३० बजे पुछारबजार पेट्रोल पम्प अगाडिबाट योग र्याली सुरु भई सिटी हलमा औपचारिक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
यस कार्यक्रममा सहभागी हुन जिल्लाभरिका सम्पूर्ण योग साधक–साधिका तथा सर्वसाधारणलाई हार्दिक निमन्त्रणा गरिएको छ। साथै दक्षिण भेगका योग साधना केन्द्रहरूबाट आउने सहभागीहरूका लागि बसको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ।