धादिङ — धादिङको नीलकण्ठ नगरपालिका–१२ स्थित पशुपति मन्दिर प्रांगणमा आज आयोजित भजन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
एमआरआर धादिङको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय भक्तजनहरूको उत्साहजनक सहभागिता रहेको थियो। धार्मिक वातावरणमा सम्पन्न भजन कार्यक्रमले सहभागीहरूलाई आध्यात्मिक आनन्द प्रदान गरेको आयोजकले जनाएको छ।

कार्यक्रमका संयोजक मनिष दुवाडीका अनुसार अबदेखि हरेक हप्ताको शनिबार साँझ नियमित रूपमा भजन कार्यक्रम सञ्चालन गरिनेछ। उनले सम्पूर्ण भक्तजनलाई कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन आग्रह गरेका छन्।
स्थानीय स्तरमा यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले समुदायमा एकता र सद्भाव बढाउने विश्वास गरिएको छ।
भिजिटर संख्या : 83