ओलम्पियाडमा भाग लिन नपाएपछि बुद्धिचाल महासंघको दुःखेसो

काठमाडौं (हाम्रो खेलकुद)- हंगेरीमा जारी ४५ औं चेस ओलम्पियाड खेलमा नेपाली बुद्धिचाल टोलीले भिसा उपलब्ध नभएका कारण सहभागिता जनाउन पाएन । अस्ट्रेलियाबाट हंगेरी पुगेका नेपाली विवेक थिङले भने प्रतियोगितामा भाग लिइरहेका छन्।

__________ बिज्ञापन____________

नेपाल बुद्धिचाल महासंघले मंगलवार १८ सदस्यीय नेपाली‌ टोलीको पटक‌ पटकको‌ प्रयासपछि भिसा प्राप्त गर्न नसकेको जनाएको छ।

महासंघका महासचिव धरम बहादुर लामाले भिसा प्रक्रियाका बारेमा लामो चर्चा गरेका थिए। ‘ ओलम्पियाड आयोजक राष्ट्र , विश्व बुद्धिचाल महासंघ फिडे र दिल्ली स्थित हंगेरी एम्बेस्सी सँग समन्वय गरि नेपालमा रहेको जर्मनी एम्बेस्सीमा भिसा एप्लाइ गरेका थियौं । जर्मनी एम्बेस्सीले भिसा दिन अस्वीकार गर्यो र पुन: अपील गरेपनि चासो देखाएनन्,’ लामाले भने ।

‘सेप्टेम्बर ११ देखि २४ सम्म सञ्चालन हुने चेस स्पर्धामा विश्वका १ सय ९७ राष्ट्रलाई सहभागी गराइ रेकर्ड राख्ने लक्ष्यमा रहेको हंगेरीको विदेश मन्त्रालयले नेपाली‌ टोलीलाई भारतको दिल्लीमा रहेको आफ्नो दुतावासमा भिसा लिन प्रस्ताव गरे। खेलाडी सहित टोलि रातारात दिल्ली पुगे पनि लामो प्रयासका बाबजुद भिसा दिन नमिल्ने जानकारी गराए’ लामाले पत्रकार सम्मेलनमा जानकारी दिए।

महासंघका अध्यक्ष हेराकाजी महर्जनले महासंघकै पदाधिकारीले खेलाडी फर्कदैनन् भन्ने पत्र जर्मन दुतावासलाई‌ दिएको सुचना प्राप्त भएपनि आफूहरुसँग प्रमाण नभएको बताए ‌। उनले पत्रकारलाई सत्यतथ्य बुझिदिन आग्रह गर्दै आफूहरु पनि त्यसको खोजीमा लाग्ने बताए ।

महासंघले अन्तर्राष्ट्रिय जगतमा देशको नाम उचो पार्ने खेलाडीले भिसा नपाउनु दुःखद भएको जनाउँदै भविष्यमा यस्तो कसैले भोग्नु नपरोस भन्दै युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई बुँदागत सुझाव पनि दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने

पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी

राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक

परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास