धादिङमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुदै

धादिङ–धादिङको महादेववेसीमा राष्ट्रिय भेटेरान चेस प्रतियोगिता हुने भएको छ । नेपाल बुद्धिचाल महासंघ र धादिङ जिल्ला बुद्धिचाल संघको आयोजना तथा थांक्रे गाउँपालिकाको सहयोगमा असोज ५ देखि ७ गतेसम्म राष्ट्रिय प्रतियोगिताको आयोजना हुन लागेको हो ।

__________ बिज्ञापन____________

५० वर्ष उमेर माथिका खेलाडीहरु प्रतिस्पर्धामा रहनेछन् । थांक्रे गाउँपालिका वडा नम्बर ६ महादेवबेशीमा असोज ५ अर्थात भोलिेदेखि हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको धादिङ जिल्ला बुद्धिचाल संघका अध्यक्ष विकास कार्कीले जानकारी दिए ।

छैठौं राष्ट्रिय सिनियर क्छण् बुद्धिचाल प्रतियोगितामा पहिलो हुनेले ४० हजार नगद ट्रफी र मेडल पाउनेछन । दोश्रा, तेस्रो, चौथो, पाँचौ हुनेले क्रमशः २० हजार, १५ हजार, १० हजार, आठ हजार र हुनेले २० हजार, तेश्रोले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार छैटौं र छैटौ तथा सातौं हुनेले ५/५ हजार नगद पुरस्कार पाउनेछन् ।

यसै गरी सोही समयमा जिल्ला स्तरीय चेस प्रतियोगता पनि आयोजना गरिएको छ । धादिङ जिल्ला बुद्धिचाल संघको आयोजनामा असोज ६ देखि ७ गते महादेवबेशीसीमा जिल्ला स्तरीय प्रतियोगिताको आयोजना गरिएको संघका जिल्ला अध्यक्ष विकास कार्कीले बताए ।

जिल्ला स्तरीय प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । जिल्ला स्तरीय चेस प्रतियोगितामा सबै उमेर समूहका खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर