धादिङबेशीमा भएको मैत्रीपूर्ण फुटसल खेलमा पत्रकार समूह विजयी

धादिङ : सदरमुकाम धादिङबेशीमा नीलकण्ठ नगरपालिका र पत्रकार महासंघविच भएको मैत्रीपूर्ण फुटसल खेलमा पत्रकार समूह विजयी भएका छन् ।

__________ बिज्ञापन____________

बिहिबार धादिङबेशीमा रहेको फुटसल एकेडेमीमा संविधान दिवसको अवसरमा भएको मैत्रीपूर्ण खेलमा पत्रकार समूह एक गोल अन्तरले विजयी भएका हुन् । खेलमा पत्रकारको समूहले १४ गोल र नीलकण्ठ नगरपालिकाले १३ गोल गरेका थिए ।

संविधान दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा आपसी सम्बन्ध सुमधुर बनाउने उद्देश्यले मैत्रीपूर्ण फुटसल खेलको आयोजना गरिएको नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले बताउनुभयो ।

‘नीलकण्ठ नगरपालिका तथा हामी कर्मचारी र राज्यको चौथो अंग पत्रकारहरुविच अझै सम्बन्ध प्रगाढ बनाउन यो मैत्रीपूर्ण फुटसल खेलले ठूलो भूमिका खेलेको छ । आगामी दिनमा पनि हरेक क्षेत्रमा समझदारी तथा समन्वय गरिने छ’ उहाँले भन्नुभयो ‘खेल हो हारजित त भइ हाल्छ । तर खेलले आत्मियता र सम्बन्धमा थप प्रगाढ बनाएको छ । आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा गरेका छौं । पत्रकार मित्रहरु र नेपाल पत्रकार महासंघप्रति हामी आभारी छौं ।’

नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले  संविधान दिवसको अवसरमा पत्रकारसँग नीलकण्ठ नगरपालिकाले आयोजना गरेको मैत्रीपूर्ण खेलले प्रतिस्पर्धा भन्दा पनि स्थानीय सरकार र सञ्चार माध्यम तथा पत्रकारविच हरेक क्षेत्रमा संगसँगै रहेको सञ्देश दिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि वडा नं ११ ले जिते
बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान
धादिङमा क्रिकेटको माहोल तातिँदै: बैशाख ४ देखि ९ गतेसम्म ‘धादिङ क्रिकेट लिग’ आयोजना हुने
पूर्वडिएसपी गोविन्द पन्थी संसदमा : गुल्मी–२ बाट विजयी
राजनीतिक सन्देश बोकेको नेपाली लघु फिल्म “भोटको मोल” सार्वजनिक
परिवेश थापाको नेतृत्वमा पोखरा–१७ ले रच्यो अपराजित इतिहास
धादिङमा राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले फिर्ता गरे आफ्नो उम्मेदवारी
धादिङमा बस दुर्घटना: १७ जनाको ज्यान गयो, २४ जना घाइते
ताजा खबर