ट्रम्पले खुलाए नेपाललाई दिंदै आएको ५ अर्ब रोक्नुका कारण

जैविक विविधता संरक्षण र वित्तीय संघीयताका लागि दिंदै आएको रकम ‘ठगी’ भएकाले सहयोग रोकेको अभिव्यक्ति दिएका छन् ।

७ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई जैविक विविधता संरक्षण र वित्तीय संघीयताका लागि दिंदै आएको रकम रोक्नुका कारण खुलाएका छन् । उनले यी शीर्षकमा दिंदै आएको रकम ‘ठगी’ भएकाले सहयोग रोकेको अभिव्यक्ति दिएका छन् ।

__________ बिज्ञापन____________

२० जनवरी २०२५ मा दोस्रोपटक अमेरिकाको सत्ता सम्हालेका ट्रम्पले वैदेशिक अनुदान सहयोग स्थगित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यसैक्रममा वित्तीय संघीयताका लागि दिने २० मिलियन अमेरिकी डलर र जैविक विविधता संरक्षणका लागि दिने १९ मिलियन डलरसहित ३९ मिलियन डलर (करिब ५ अर्ब ४३ करोड रुपैयाँ) रोकिएको छ । प्रेस ब्रिफिङमा ट्रम्पले भने, ‘यो फ्रड हो ।’

ट्रम्पले यो अभिव्यक्ति अमेरिकाको फ्लोरिडास्थित मार–ए–लागोमा आयोजित पत्रकार सम्मेलनमा दिएका हुन् । त्यहाँ उनले थप केही कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

यसअघि एलन मस्कले नेतृत्व गरेको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ (डज) ले अमेरिकी सहयोग नियोग यूएसएडको अनुदानमा नेपालमा सञ्चालित ६ परियोजना रद्द गरेको थियो । अहिले अमेरिकी सहयोगको एमसीसी परियोजनाका कामको भुक्तानी पनि नेपालमा रोकिएको छ ।

ट्रम्पले नेपालजस्तै भारत, मालदिभ्स, लाइबेरिया, माली, साउथ अफ्रिका लगायत देशलाई दिंदै आएको सहयोग पनि रोकेको जानकारी दिएका छन् ।

उनले भारतलाई निर्वाचन साक्षरताका लागि २१ मिलियन डलर दिँदै आएकोमा अब किन दिने ? भनेर प्रश्न गरेका छन् । ‘भारतसँग राम्रो सम्बन्ध छ । हालै प्रधानमन्त्री मोदीले भ्रमण गरेर फर्किनुभयो । तर हामीले भारतलाई किन पैसा दिने ?’ ट्रम्पले भनेका छन्, ‘ऊसँग धेरै पैसा छ ।’

ट्रम्पले मालदिभ्सको राजनीतिक सुव्यवस्थाका लागि २९ मिलियन डलर दिने गरेकोमा त्यसलाई पनि स्थगित गरिएको ट्रम्पले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते
दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 
धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
ललितपुरका सोम आले उपाधि होडमा 
बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते
धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन
नेपाली खेलाडी चेस उपाधिवाट चुके 
पोखरामा ३ दिने विन्टर चेस क्याम्प सफलतापूर्वक सम्पन्न
ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन