पशुपति क्षेत्रमा महारुद्र महामहोत्सव तथा राष्ट्रशान्ति महायज्ञ चल्दै

काठमाडौं । महारुद्र परिवार फाउण्डेशनको आयोजना र महारुद्र महिला समूहको सहआयोजनामा पशुपति क्षेत्रमा राष्ट्रशान्ति महायज्ञ आयोजना भईरहेको छ । ‘धर्मो रुक्षति रक्षितः हामीले धर्मको रक्षा गरौँ, धर्मले हामीलाई रक्षा गर्छ’ भन्ने मूल नाराका साथ फागुन ७ गतेबाट सुरु भएको महारुद्र महामहोत्सव तथा राष्ट्रशान्ति महायज्ञ शिवरात्रीसम्म चल्नेछ । पशुपतिनाथ मन्दिरको परिक्रमा गर्दै कलशयात्रा गरेर महायज्ञको उद्घाटन गरिएको थियोे । शिवसेना नेपाल, युथ फर नेशन तथा देशभक्त युवा नेपालको विशेष सहयोगमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन भईरहेको छ ।

__________ बिज्ञापन____________

 

अहिले धर्म धर्मबीच दूरी बढ्दै गएको बेला धार्मिक एकतालाई अझ मजबुत बनाई एकअर्को धर्मको सम्मान, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको महारुद्र परिवार फाउण्डेसनका अध्यक्ष खगेन्द्र पोखरेलले बताए । हिन्दु, बौद्ध, किराँतलाई जोडेर एकै स्थानमा गुरुकुल निर्माण गर्ने अभियान आफैबाट सुरुवात गरेको उनले बताए । नेपाल संस्कृति र प्रकृतिमा विश्वमै धनी देश भएको तर एक आपसमा फाटो आईरहेको समयमा धर्म संस्कृति बचाउँदै सबै सनातनीलाई साथमा लिएर अगाडि बढ्ने उनको भनाई छ । महायज्ञमा फागुन १० गते शनिबार बौद्धिष्ट गुरुहरुको उपस्थितिमा बौद्ध धर्म विधिअनुसार पूजाविधि र फागुन १४ गते किराँत धर्मगुरुहरुको उपस्थितिमा पूजाविधि हुनेछ ।

 

हिन्दु, बौद्ध, किराँतलाई जोड्ने यो अभियानमा सबैलाई साथ दिन महोत्सवका अध्यक्ष डा. निकोलस भुषालले बताए । अब कुरा मात्र हैन, देश बनाउने जिम्मा हाम्रो हो । हामी युवाहरु नै अग्रसर हुनुपर्छ भनेरनै यो महायज्ञ आयोजना गरिएको र “भोकालाई भोजन, प्यासीलाई पानी, बिरामीलाई उपचार” महायज्ञ समयसम्म मात्र नभई सधैंभरी चलिरहने उनले बताए । आफै डाक्टर भएका कारण बिरामीलाई निःशुल्क उपचार आफु बाँचुन्जेलसम्म गरिरहने उनले बताए ।

श्रीमदभागवत महापुराणका साथै दैनिक हवन, पुजन, आध्यात्मिक प्रवचन, भजन कीर्तन, रासलिला, ११ लाख लक्ष्यवर्तिका प्रज्वलन तथा विभिन्न कार्यक्रमहरु सञ्चालन भईरहनेछन् । महायज्ञको मूल कथावाचकका रुपमा अन्तराष्ट्रिय कथाव्यास मुक्तिनाथ सुवेदी र खगेन्द्र पोखरेल स्वयम् रहेका छन् । मूल पाठ पारायणमा पूर्ण अत्री मुमुक्षु, यज्ञचार्य राजन पौडेल, वेद पाठ, चण्डी पाठ साथै विविध पाठमा आदित्य गर्तौला, माधव पोखरेल, रुपेश पोखरेल रहेका छन् । पशुपतिमा भव्यताका साथ सञ्चालन भईरहेको महायज्ञमा सहभागी बनेर तन, मन, धन, वचन, क्रमद्वारा सहभागी बनी सबैलाई आएर दर्शन गर्नका लागि आयोजक टीमका गुरु त्रिलोचन शरण भारद्वाजले आग्रह गरे । हिन्दु, बौद्ध, किराँत धर्मलाई जोड्ने यो अभियानमा हामी सबैले साथमा साथ हातमा हात दिएर अधि बढ्नुपर्ने त्रिलोचन बताउँछन् । एक सातासम्म चल्ने महोत्सवमा विभिन्न सर्वसाधारणदेखि विभिन्न विशेष व्यक्तिहरुको पनि सहभागिता रहने उनले बताए ।

 

संसारमा जुनसुकै धर्म माने पनि पहिलो त मनमा शान्ति हुनुपर्ने र सबैको मन शान्ति हुँदा जगत् शान्ति हुने महायज्ञका कथाव्यास मुक्ति नाथ सुवेदी बताउँछन् । यस कलिकालमा सुर्यले प्रकाश दिएर उज्यालो भएको छ, त्यस्तै वेद पुराणले मानव मनलाई प्रकाश दिएर प्रफुल्लित पार्दछ । त्यसकारण पनि सम्पुर्ण भक्तजनहरुलाई राष्ट्रशान्ति महायज्ञमा उपस्थित भएर कथा श्रवण गर्नका लागि उनले आग्रह गरे ।

महारुद्र परिवार फाउन्डेसनले धार्मिक कार्यहरु मात्र नभई सामाजिक, सेवामूलक, सिपमूलक, शिक्षामूलक तथा चेतनामूलक, महिला सशक्तीकरण लगायत अन्य विभिन्न कार्यहरु पनि गर्दै आइरहेको संस्थापक सदस्य मोहन अभिलाषी बताउँछन् । सबैलाई जोडेर अगाडि बढ्ने यो हाम्रो सानो प्रयास हो, यो अभियान देशव्यापी र बृहत रहनेछ । एकदिन देशको मात्र नभई विश्वकै नमुनाका रुपमा स्थापित हुने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते
दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 
धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
ललितपुरका सोम आले उपाधि होडमा 
बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते
धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन
नेपाली खेलाडी चेस उपाधिवाट चुके 
पोखरामा ३ दिने विन्टर चेस क्याम्प सफलतापूर्वक सम्पन्न
ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन