फाल्गुण १६ र १७ गते धादिङमा बागमती साहित्यिक महोत्सव हुने 

फाल्गुण १६ र १७ गते संचालन हुने साहित्यिक महोत्सवको तयारी पूरा

बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा यहि फाल्गुण १६ र १७ गते बागमती साहित्यिक महोत्सवको हुने भ‌एको छ।

__________ बिज्ञापन____________

मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीका अनुसार “साहित्य, कला र संस्कृतिको प्रवर्धन, बागमती सभ्यताको सम्बर्धन” भन्ने मूल नारा सहित हुन लागेको बागमती साहित्य महोत्सवले सिंगो प्रदेशको साहित्यिक श्री वृद्धीमा उल्लेख्य योगदान पुग्ने अपेक्षा रहेको जनाए।

महोत्सव तयारीका क्रममा सञ्चालन हुने विभिन्न विधाका समूह छलफल, काव्य सन्ध्या, गजल साँझ र गजल प्रशिक्षणका लागि अतिथिहरुलाई निमन्त्रणा गर्ने कार्य सम्पन्न भएको महोत्सवको सह आयोजक नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहालले जानकारी दिनु भएकोछ । फागुन १६ गते साँझमा हुने काव्य सन्ध्या र १७ गतेका लागि विहान गजल प्रशिक्षण र साँझ गजल वाचन गर्ने अतिथिहरुको टुंगो पनि लागेको दाहालले बताउनु भयो ।

प्रचार प्रसार गर्ने क्रममा महोत्सव व्यवस्थापन तथा सहजीकरण समितिले नीलकण्ठ वहुमुखी क्याम्पसका विद्यार्थी, नीलकण्ठ नगरपालिका भित्रका नव प्रवेसी शिक्षकहरु, बेनघिाट रोराङ गाउँपालिकाका विभिन्न क्याम्पस र विद्यालयका शिक्षकहरु गजुरी गाउँपालिकामा रहेको आदर्श वहुमुखी क्याम्पस र आदर्श माध्यमिक विद्यालयका शिक्षक एवं विद्यार्थीलाई निमन्त्रण दिने कार्यक्रम सम्पन्न भएको समितिका संयोजक एवं कर्मचारी मिलन केन्द्र धादिङका अध्यक्ष विष्णु प्रसाद आचार्यले बताउनु भयो ।

प्रचार प्रसारकै क्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका विभिन्न क्याम्पस र विद्यालयका शिक्षकहरुलाई निमन्त्रण गरिएको र विभिन्न टेलिभिजन, एफ एम रेडियो तथा अनलाइनबाट सूचना प्रवाह भैरहेको पनि आचार्यले बताउनु भयो ।

धादिङबेसीको नीलकण्ठ वालमन्दिर मा.वि.मा हुने महोत्सवमा १६ गते पहिलो दिन प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले उद्घाटन गर्नुहुनेछ । कार्यक्रम उद्घाटनपछि विभिन्न सत्रका कार्यक्रमहरु सञ्चालन हुनेछन् । जस अन्तरगत हाम्रो भाषामा समसामयिकताको प्रश्नः आवश्यकता वा औचित्यमा डा बलदेव शर्मा गाउँलेसंग डा. नविनवन्धु पहाडी, लेखनमा विषय चयनः चयन हुनुपर्ने र छुट्नुपर्नेका निफन नाफनमा मदन पुरस्कार विजेता डा. नवराज लम्साल, डा ज्ञानु पाण्डे र अम्मराज जोशीसंग पुरु लम्साल, बालसाहित्य, सृजना कला, हाम्रो दायित्वमा कृतिका लौडारी, समीक्षा अधिकारी र अंशिका जोशीसंग प्रकाश पौडेल, साहित्य, कला र संस्कृतिको प्रवर्धन, वागमती सभ्यताको सम्बर्धनमा डा. दिनेशराज पन्त र प्रकाश सायमीसंग ओम रिजाल, हरिप्रसादका चित्रकलाः रैथाने संस्कृतिको प्रतिबिम्बमा हरिप्रसाद शर्मा र डां विष्णुप्रसाद शर्मासंग कृष्णमुरारी भण्डारी, समालोचनाको वर्तमानः आशाप्रद वा आशयप्रदमा महेश पौड्याल, रमेश प्रभात र हेमप्रभाष अधिकारीसंग श्रीबाबु कार्कीले सहजीकरण गर्नुहुने बताइएको छ ।

त्यसैगरि भविष्य द्रष्टाहरुमा अध्ययनशिलताको सवालः वर्तमान अवस्था र भविष्यको दिशामा राम कुमारी झाँक्री, डा. रामकुमार अधिकारी, सरल सहयात्री र कैलाश कोइरालासंग सुदर्शन खतिवडा, किनाराको साहित्य यात्रा : कति घाम कति छाँया ? मा चन्द्रप्रसाद न्यौपाने, निमेष निखिल र प्रोल्लास सिन्धुलीयसंग मिलन तिमिल्सिना, नेपालमा नारी लेखनः अनुभव र अनुभूतिको कसीमा सरिता तिवारी, कुमारी लामा र डा. गीता त्रिपाठी संग राजुझल्लु प्रसादले सहजीकरण गर्नुहुनेछ ।

महोत्सवमा बागमती प्रदेश भित्रका मगर, गुरुङ, तामाङ, चेपाङ, नेवाः समुदायका संस्कृति झल्कने झाँकी, गीत तथा नृत्य, कविता र प्रदिप रोदन लगायतका गजलहरु प्रस्तुत हुने आयोजकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो पनि पढ्नुहोस

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते
दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 
धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
ललितपुरका सोम आले उपाधि होडमा 
बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते
धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन
नेपाली खेलाडी चेस उपाधिवाट चुके 
पोखरामा ३ दिने विन्टर चेस क्याम्प सफलतापूर्वक सम्पन्न
ताजा खबर

विद्यालय चेसको उपाधि जेनिस घिसिङले जिते

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि 

धादिङमा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

ललितपुरका सोम आले उपाधि होडमा 

बारामा आमा–छोराको हत्या, बुबा र छोरी गम्भीर घाइते

धादिङमा १०औँ महोत्सवको तयारी पूरा, माघ १५ गते भव्य उद्घाटन